Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

९ बुदे माग सहित कपिलवस्तुका किसान काठमाडौमा आन्दोलन गर्ने

निरहु यादव, कपिलवस्तु ,

आर्थिक बर्ष २०७१/७२ को उखुको प्रबर्द्धन बापतको २.४८ करोड रुपैया अझैसम्म कपिलवस्तुका किसानले पाएका छैनन् । अधिराज्य भरी नै सुगर्स मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत भुक्तानी गरिसकेको छ तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । अर्थिक मन्त्रालयले मागेको सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको र कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन समेत बितिसक्दा अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार आ वा २०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएकोले किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को माननीय मन्त्रीपरिषद को निर्णय अनुसार अनुरोध गरिसकेको छ तर अहिलेसम्म सो कार्यवान्यन हुन सकेको छैन । किसानले सो रकम कहिले पाउने हो भनी कुनै सुनिश्चित नभएको र किसानहरूमाथि भइरहेको विभेद तथा ठगी नियन्त्रण लगायत ९ बुदे माग सहित प्रशासन कार्यालय मार्फत कपिलवस्तु किसान संघले सरकारलाई ज्ञापन पत्र दिएको संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP