Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, २ माघ ।

प्रथम माघे संक्रान्ति विषेश शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा नेपाल मगर संघ शिवराज नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मगर इतिहास, भाषा संस्कृति र धर्म संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, जातिय पहिचान र स्वायत शासन सहिदको संघिय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा सहित भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश नम्वरका ५ का संयोजक धन बहादुर पुन मगरले संस्कृति, बहुल्यता, विविधता र एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।
उनले भन्ने “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति हो यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । मगर समुदाय लगायत प्रदेश सरकारले यसलाई संरक्षणमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने संयोजक पुनले बताए ।
यस्तै कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी ले प्रदेश सरकारले खास गरि मगर र थारु समुदायका २ जाती लाई प्राथामिकतामा राखेको बताउंदै प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्धमा संसार भर विर गोर्खाली भनेर चिनाउन मगर जातीहरुको ठुलो योगदान रहेको बताए । भाषा संस्कृति विरता बौरलता मा समेत मगर जाती अगाडी रहेकाले भाषा संस्कृति मात्र नभई शैक्षिक स्तरलाई पनि प्राथामिकता दिन आग्रह समेत केसीले गरे ।
उक्त कार्यक्रम शिवराज नगर अध्यक्ष पुर्ण बुढा मगरको अध्यक्षता, मगर संघका केन्द्रिय सदस्य एवंम प्रदेश ५ का संयोजक धन बहादुर पुनको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीको विशिष्ट आतिथ्यता, मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारु मगर, वडा नंम्वर १ का अध्यक्ष जगत बहादुर जि.सी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, युवा नेता अजय थापा लगायतको आतिथ्यता र रुपा बुढा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP