Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ

काठमाण्डाै – खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरिएको  प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा दाङको पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका ५ घरका दवा छिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरुगया गाउँपालिका २ खड्कुका तेन्जिङ बहादुर तामाङ र संजित वाइबा रहेका छन् ।

उनीहरुले बल्ने ढुंगा छ भनी प्रलोभन देखाएर ५० लाख रुपैयाँ लुटपाट गरेको खुल्न आएको प्रहरी उपरीक्षक सिंहको भनाइ छ । उनीहरुको साथबाट १८ लाख ७५ हजार रुपैयाँ, मोटरसाइकल र सुनको औंठी समेत बरामद गरिएको छ । उहाँका अनुसार सबैजना एउटै समूहका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP