Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा ।।

राम अवतार चौधरी
कपिलवस्तु, १३ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा रहेको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी द्धारा ल्याव सेवाको उद्धघाटन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं.५ सभा सदस्य अर्जुन कुमार केसीले सुत्केरी जस्ता अति संबेधनशिल प्रसुती केन्द्र समस्य रहँदै आएको थियो तर अब भने सामान्य जाँच गर्न पनि निजि क्लिनिकमा जानुपर्ने वाध्यता हटेको प्रदेश सदस्य केसीले बताए । देशमा अन्य विकास सगैं स्वास्थ्यलाई सरकारले विशेष ध्यान दिएको जिकिर गरे । उनले शिवराज नगरपालिकामा अस्पताल नहँुदा नागरिकहरुलाई धेरै समस्या भएको भन्दै यसमा प्रदेश तथा स्थानिय सरकारले पहल गरिरहेको जनाए । अहिले जग्गा नहुँदा अस्पताल बनाउन नसकेको भन्दै अब जग्गा ब्यवस्थापन पश्चात नगरमा अस्पताल निर्माण हुने दाबी समेत सदस्य केसीले गरे ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले ल्याव सेवाले नगरका नागरिकहरुलाई सहज हुने विश्वास गर्दै आफु स्वस्थ्य हुनुपर्ने बताए । नागरिकहरु सरकारी स्वास्थ्य संस्था भन्दा निजि मेडिकलहरुमा जाने क्रममा बढेकोले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । कृषि पेसा गर्ने समुदायको बाहुल्यता रहेको शिवराज नगरपालिकामा कम शुल्कमा स्वास्थ्य परिक्षण हुने भएकोले सेवा लिनुपर्ने नगर प्रमुख अधिकारीले बताए ।

शिवराज नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीले १५ प्रकारका बिरामीको स्वास्थ्य परिक्षण गर्न ल्याव संचालनमा ल्याएको हो । स्वास्थ्य चौकीले ५ प्रकारका रोगको निशुल्क परिक्षण गर्ने जनाएको छ । विपन्न समुदायलाई लक्षित गरी खकांर ,क्षयरोग,मलेरिया एचआईभी र गर्भवती महिलाको रक्तअल्पताको जाँच निशुल्क गरिने वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए । सिबिसि, टिसि, डिसि, ईएसआर, ब्लड गप, भिडिआरएल, सुगर, युरिकेसिड, लगाएतको जाँच कम शुल्कमा गरिने सापकोटाले बताए ।

कार्यक्रममा समाजसेवी युवा नेता अजय थापा, कृष्ण कुमार चौधरी, ईश्वरी पाण्डे, बलराम मरासिनी लगायतले शुभकामना दिए र साथै जित बहादुर विसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP