Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

अमेरिकाको बाढीमा तीन नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । उनीहरुको छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उनीहरु बाहिर निस्किनु असम्भव जस्तै थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईं आफैं सोच्न सक्नुहुन्छ ।’

‘आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।

घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

लोबसाङकी शिक्षिका मार्था सुआरेजले भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो ।’

न्युयोर्क पोस्टबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP