Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

४७ जिल्लामा १ रुपियाँ खुत्रुकी अभियान

पर्वती पण्डे कपिलवस्तु ५ भदौ

देशका ४७ जिल्लामा १ रुपियाँ खुत्रुकी अभियान बिस्तार गरिने भएको छ । मञ्च गठन भएका यि जिल्लामा अभियानलाई बिस्तार गरिने भएको हो । ग्रामीण महिलाको शक्ति , आवाज र रुपान्तरण आधारको रुपमा २०६५ सालमा राष्ट्रिय महिला अधिकार मञ्च गठन भएको हो । मञ्चको व्यवस्थित र प्रभावकारी परिचालनको लागि यसको सांगठनिक नियमावली बनाई आवश्यकता अनुसार संशोधन गरि कार्यान्वयनमा ल्याइएको छ । छरिएर रहेका ग्रामीण महिलालाई संगठीत गर्दै शसक्त सामाजिक अभियानको माध्यमबाट महिलाको मर्यादित र आत्मनिर्भर जिवनको लागि मञ्च गठन गरिएको हो । राष्ट्रिय महिला अधिकारमञ्चका केन्द्रीय महासचिव निर्मला महतराले हिंसामा परेका महिलाहरुको उद्धारका लागि १ रुपियाँ खुत्रुकी अभियानलाई प्रभावकारी बनाइने बताएकी छन । वुधवार सिद्धार्थ सामाजिक विकास केन्द्र जितपुर कपिलवस्तुमा मञ्चले राखेको कार्यक्रममा उनले यस्तो बताएकी हुनु । १ रुपियाँ वचत अभियानले पिडित महिला र अभियानका लागि स्रोत जुटाउन थप सहयोग हुने उनले स्पष्ट पारिन । मञ्चले राखेको एक रुपियाँ अभियान सञ्चालन निर्देशिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै सिद्धार्थ संस्थाका उपाध्यक्ष सुर्यकुमारी शाहिले महिला अधिकारका लागि संस्थाले सधैभर सहयोग गर्ने प्रतिवद्धता जनाइन । १ रुपियाँ वचत अभियानलाई सबैले सहयोग गर्नु पर्ने उनले जनाइन । कार्यक्रममा मञ्चका पुर्व केन्द्रीय सचिव चेतना अधिकारीले मञ्चको रणनिति र निर्देशिकाका बारेमा प्रष्ट्याएकि थिइन । मञ्चका अध्यक्ष राधा पौडेलको अध्यक्षता सचिव पबित्रा बिकको सञ्चालन एवं रीता पाण्डेको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , मिरमिरे वचत तथा ऋण सहकारीका अध्यक्ष शान्ता पाण्डे , सामाजिक अभियान्ता प्रकाश घिमिरे , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा गुरुङ लगायतले महिला अधिकारका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP