Trending
समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

पूर्व सांसद उमाको जीवनयात्राः टेलरिङ्गमा दैनिकी

माधव बेल्वासे, कपिलवस्तु फागुन १७,

राजनीतिमा उच्च तहसम्म पुगेको व्यक्तिहरुले सामान्य काम गर्नु आश्चर्य जस्तो लाग्छ । अझ हाम्रो समाजले कपडा सिलाउनुलाई अझ हेप्ने प्रवृत्ति छ । व्यवस्थापिका विधायकको दर्जा पाउनुभएकी उमा वि.क. यतिबेला कपडा सिलाईमा व्यस्त हुनुहुन्छ । राजनीति परिवर्तन र समाज सुधारमा राजनीतिमा प्रवेश गर्नुभएकी वि.क.ले श्रीमान, देवरलाई गुमाउनु प¥यो । २०३६ सालमा भारतको वंगालमा जन्मनु भएकी उमाको ४० वर्षको उमेरसम्म लामो कथा बनेको छ, जो अविस्मरणीय छ । बुबा–आमा तत्कालिन समयमा राजनीतिमा सक्रिय रहेको हँुदा २०४८ सालमा कपिलवस्तुको गजहेडामा आउनुप¥यो ।
विद्यालय उमेरबाट उहाँको राजनीतिक यात्रा सुरु भयो । मोहनलाल सुनार र जिन्ता देवी सुनारको कोखबाट जन्मनुभएकी वि.क.को राजनीतिक यात्रामा परिवारको मुख्य साथ रहेको थियो । त्यसपछि अनेम संघ हुँदै फौजी पार्टीको सैन्य संघमा समेत समावेश हुनुभयो । २०५४ सालमा पार्टीकै नेता शंकर वि.क.सँग प्रगतिशील विवाह भयो । दुवै जना अर्ध–भूमिगत रहेको उहाँहरुको कोखबाट २०५६ सालमा छोरीको जम्न भयो । छोरी २ वर्षकी भएपछि उहाँहरुलाई सासुआमाको साथमा शिवगढीको बानियाभार छोडेर भूमिगत भएपछि उहाँको संर्घष झनै बढ्दै गयो ।
भूमिगत समयमा पार्टीले अर्घाखाँचीको सिद्धारा सिमलपानी क्षेत्रको सह–ईन्चार्जको रुपमा जिम्मेवारी प्रदान ग¥यो । माओवादीका सैनिकहरुलाई खाना खुुवाउने काम रहेको थियो । श्रीमानसँग सम्पर्क विहीन, परिवारसँगको सम्बन्ध टाढा हुँदाको पीडा सहनै नसक्ने थियो । २०५९ सालमा प्यूठानमा ८ जना माओवादीको सामुहिक हत्या भएको खबरले उहाँलाई त्रसित बनायो । त्यही दिन सरकार पक्षसँगको वार्ता गर्ने भन्ने खवर आएपछि मनमा केही खुशी आएको भएपनि श्रीमानको हत्याले छाँगाबाट खसे जस्तो भयो ।

श्रीमानको लास लिएर घरमा आउँदाको पीडा जो कसैले सहन सक्दैन त्यो पीडामा उमाले भोग्नुभएको छ । पीडाका बाबजुत पनि पार्टीमै सक्रिय रहनुभएकी उमा राजनीतिमा झनै सक्रिय भएर होमिनुभयो । त्यही समयमै कपिलवस्तुको गुगौलीमा पनि देवरको हत्या भयो । परिवार तहस–नहस भएको अनुभुति भयो ।

एकै घरमा दुई भाइको हत्या हुँदा उहाँ आफंै समाल्न नसक्ने अवस्था रहेको भएपनि आमा बुबा र सानी छोरीको मुख हेरेर आफूलाई समाल्नुपरेको थियो । सरकारी पक्षका सेना र माओवादी पक्षका सेनाहरु बीचमा हुने मुठ्भेटमा जाने सैनिकहरुलाई खानाको ब्यवस्था गर्ने र उनका समस्याहरुलाई सहजको लागि भुमिका खेल्ने उमाको काम थियो । २०६३ सालमा भएको शान्ति वार्तापछि भूमिगत यात्रा सकेर खुल्ला राजनीतिमा प्रवेश भयो । २०६३ सालमै उहाँ अन्तरिम सरकार व्यवस्थापिका विधेयक बनेपछि जनताको हक अधिकार र विकासमा लाग्ने प्रेरणा जाग्यो । सोही समयमा गुल्मीमा दोस्रो विवाह भयो । गुल्मी जिल्लामा २०६५ सालमा जिल्ला उपाध्यक्षसम्म बन्नुभयो ।

२०६४ सालमा भएको पहिलो निर्वाचनमा वि.क.लाई कपिलवस्तुको क्षेत्र न ५ का प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनाइयो । निर्वाचनमा पराजित भयो । राजनीति उच्च तहसम्म पहुँच भएकी उमा अहिले कपिलवस्तुको चन्द्रौटामा ंसिलाई कटाईको ब्यवसाय गर्नुभएको छ । हाल नेकपा कपिलवस्तु जिल्ला सचिवालय सदस्य रहनुभएकी उमाको दैनिकी पसलमा कपडा सिलाउँदामै बितेको छ । श्रीमान र देवर देशका लागि शहिद भएको स्मरण गर्दा उहाँको आँखाबाट आँसु बरबरायो । चन्द्रौटामा सामान्य फेन्सी पसल गरेर जीविकोपार्जन गरेको बताउनुहुन्छ । जनताका समस्या नजिकबाट नियालेको भएपनि सरकारले समस्या समाधानतर्फ ध्यान नदिएको उहाँको तर्क छ ।

गरीब जनताको पक्षमा सरकार सधैं रहनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ । “वर्तमान सरकारले केही उपलव्धीमूलक काम गरेको छ तर पूर्णता छैन, उहाँले भन्नुभयो –शहिद परिवारलाई विशेष प्राथमिकता दिनुपर्छ ।” तीनवटै सरकारमा कम्युनिष्ट पार्टीको बहुमत भएकाले यसबेला जनताप्रेमी काम हुनुपर्ने उहाँको तर्क छ । गरीब गरीबै, धनी धनी नै रहेकाले आफूले लिएको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP