Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुको बाणगंगामा बाबुद्धारा १३ बर्षिय छोरी बलत्कृत

 फाल्गुण २३ :-
कपिलवस्तु जिल्लामा आफ्नै बुवाले १३ वर्षिय छोरीलाई वलत्कार गरेको घटना महिला अधिकारकर्मिहरुले सार्वजनिक गरेका छन् ।

जिल्लाको वाणगङ्गा नगरपालिको वडा नं ८ निवासी कक्षा ९ मा पढ्ने छोरी नाम परिवर्तन नानुमायालाई बुवा नाम परिवर्तन सुनाम श्रेष्ठले पटकपटक छोरीलाई बलत्कार गरेको खुल्न आएको छ ।

यसरी घटना बाहिर आए पछि पिडित बालिका कि आमा सहित वडा कार्यालयमा धर्ना दिन पुगेका महिलाहरुले कुनै पनि हालतमा पिडकलाई उम्काउने प्रयास नहोस भनेर दावाव दिएका छन् ।

आफ्नै छोरीलाई आमा नभएको मौकामा यस अघि पनि पटकपटक बावुले बलत्कार गरेको बालिका कि आमाले वडा अध्यक्ष र संचारकर्मिका सामु बताउनु भएको छ ।

आफ्नै सहोदर दाजुभाई समेत वलत्कारी बावुलाई वचाउन लागेको आरोप लगाउदै जसरी पनि कडा कार्वाहिको माग गरिएको छ । बालिका कि आमा र उपस्थित महिलाहरुको माग सुनेपछी वडा अध्यक्ष गुणनीधि भुसालले न्याय दिलाउनका निम्ती आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

घटना सार्वजनिक भए संगै वलत्कार आरोपितलाई पक्राउ गरिएको वाणगङ्गा न.पामा अवस्थीत ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र दोषी ठहरीएमा हार्डनाता करणी ऐन अनुसार कारवाहि हुने उहाँको भनाई छ । स्थानिय महिलाहरुले दोषीलाई कडा कारवाहिको माग गर्दै वडा नं ८ को कार्यालय र इलाका प्रहरी कार्यालय पिपरामामा दवाव दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP