कपिलवस्तुको बाणगंगामा बाबुद्धारा १३ बर्षिय छोरी बलत्कृत

 फाल्गुण २३ :-
कपिलवस्तु जिल्लामा आफ्नै बुवाले १३ वर्षिय छोरीलाई वलत्कार गरेको घटना महिला अधिकारकर्मिहरुले सार्वजनिक गरेका छन् ।

जिल्लाको वाणगङ्गा नगरपालिको वडा नं ८ निवासी कक्षा ९ मा पढ्ने छोरी नाम परिवर्तन नानुमायालाई बुवा नाम परिवर्तन सुनाम श्रेष्ठले पटकपटक छोरीलाई बलत्कार गरेको खुल्न आएको छ ।

यसरी घटना बाहिर आए पछि पिडित बालिका कि आमा सहित वडा कार्यालयमा धर्ना दिन पुगेका महिलाहरुले कुनै पनि हालतमा पिडकलाई उम्काउने प्रयास नहोस भनेर दावाव दिएका छन् ।

आफ्नै छोरीलाई आमा नभएको मौकामा यस अघि पनि पटकपटक बावुले बलत्कार गरेको बालिका कि आमाले वडा अध्यक्ष र संचारकर्मिका सामु बताउनु भएको छ ।

आफ्नै सहोदर दाजुभाई समेत वलत्कारी बावुलाई वचाउन लागेको आरोप लगाउदै जसरी पनि कडा कार्वाहिको माग गरिएको छ । बालिका कि आमा र उपस्थित महिलाहरुको माग सुनेपछी वडा अध्यक्ष गुणनीधि भुसालले न्याय दिलाउनका निम्ती आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

घटना सार्वजनिक भए संगै वलत्कार आरोपितलाई पक्राउ गरिएको वाणगङ्गा न.पामा अवस्थीत ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र दोषी ठहरीएमा हार्डनाता करणी ऐन अनुसार कारवाहि हुने उहाँको भनाई छ । स्थानिय महिलाहरुले दोषीलाई कडा कारवाहिको माग गर्दै वडा नं ८ को कार्यालय र इलाका प्रहरी कार्यालय पिपरामामा दवाव दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP