आफ्नै श्रीमती हत्यारा २२ वर्षपछि पक्राउ

रुपन्देही ।

आफ्नै श्रीमतिको घाँटी थिचेर हत्या गर्ने महन्थ ठाकुर २२ वर्षपछि पक्राउ परेका छन । वि.सं. २०५४ साल बैशाख २२ गते रुपन्देही जिल्लाको साविक हर्नैया गाविस ९ हाल सियारी गाउँपालिका वार्ड नं.३ जगहात्था बस्ने २६ वर्षीया शारदा यादवलाई उनकै  श्रीमान महन्थ ठाकुरले घरमै घाँटी थिची हत्या गरेका थिए । हत्याको आरोपमा तत्कालीन पुनरावेदन अदालत बुटवलले वि.सं. २०५६ चैत २९ गते महन्थलाई १० बर्ष कैद ठहर गरेको थियो ।

श्रीमतिको हत्या लगत्तै फरार भएका महन्थलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले २२ वर्षपछि गत फागुन २९ गते रुपन्देहीकै हर्नैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई अदालतको फैसला अनुसारको कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको छ ।त्यसैगरी रुपन्देहीको सैनामैना नगरपालिकाको एक लजमा एक व्यक्ति शुक्रवार विहान मृत अवस्थामा फेला परेका छन् ।

सैनामैनामा रहेको हाम्रो अर्घाखाँची रेष्टुरेण्ड एण्ड लजमा विहिवार साँझ खान खाएर बसेका सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।खत्रीले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP