
माधव बेल्वासे
कपिलवस्तु,८ चैत
कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै कपिलवस्तुको चन्द्रौटाका युवा व्यापारी तथा समाजसेवि बिजय जयसवालले निःशुल्क मास्क वितरण गरेको हुन ।
शिवराज नगरपालिका गाउँ गाउँमा तथा चोक चोकमा मास्क वितरण गर्दै जयसवालले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । महामारीको समयमा नगरका दुई हजार पाच सय नागरिकहरुलाई मास्क वितरण गरेका छन् ।
जय मा लक्ष्मि ट्रेडसका संचालक समेत रहेका बिजय जयसवालले गाउँ गाउँमा पुगेर मास्क वितरण गरेका हुन् ।
“अहिले हामि सचेत हुनुपर्ने अवस्थामा छौ ,मास्कले जोखिमलाई केहि कम गर्न सक्छ ,त्यसैले मैले मास्क वितरण गर्ने योजना बनाए” जयसवालले भने नागरिकहरु सचेत भएर यो महामारी बाट बाच्नुपर्छ ।
शिवराज नगरपालिका ३ बलुहवामा मास्क वितरण गर्दै देशमा अझै कोरोना आएको आधिकारीक सुचना नआएको भएपनि यसको उपचार नहुने हुदाँ रोग लाग्नै दिन नहुने जयसवालले बताए । सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्दै जयसवालले सर्तकता अपनाउन आग्रह समेत गरे ।
नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका जयसवालले विगतमा पनि विभिन्न संघ सस्था,गरिव दुखि हरुलाई सहयोग गर्दै आएका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया