
राम प्रघट कोरी
चैत्र २४ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाले आइतवार आपतकालिन बैठक सम्पन्न गरेको छ । गाउँपालिकाकाले बसेको बैठकले राहत कोष स्थापना, राहत वितरण, कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराईने राहत सम्वन्धी मापदण्ड पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँले विपत्तीको समयमा राहत वितरण लगायत विपद व्यवस्थापनका लागि असी लाखको विपद व्यवस्थापन तथा राहत कोष स्थापना गरिएको र राहत उपलव्ध गराउन चाहने व्यक्ति, संघसंस्था वा निकायलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्नुपर्ने बताउनुभयो ।
लक डाउनका कारण दैनिक जीवन यापन गर्न कठिनाई परेका मजदुर तथा अति विपन्न बर्गका लागि पहिलो चरणका कूल ८४७ घरपरिवारलाई राहत वितरण गरेको बताउँदै लक डाउनको समयावधी बढ्दै जाँदा दोस्रो चरणको थप राहत प्रदान गर्ने भट्टराईले बताउनुभयो ।
गाउँपालिकाकोले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाबाट कडाइका साथ कार्यान्वयन गर्ने र पालिका भित्रको एक गाउँ वा टोलबाट अर्को गाउँ वा टोलमा हुने मानिसहरुको आवागमनलाई कडाइका साथ रोक्ने, लकडाउन उल्लङ्घन गर्नेलाई सुरक्षा निकायको समन्वयमा कारवाही गर्ने जनाएको छ ।
अत्यावश्यक खाद्य सामग्री बाहेकका अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्ने र खाद्य सामग्री विक्री वितरण गर्ने पसलहरु आजै देखि लागू हुने गरि विहान ८ देखि १० वजे सम्म मात्र खोल्ने र अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुपर्ने, अत्यावश्यक बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउँदै कालो बजारी गर्ने र गराउने माथी कानुन बमोजिम कडा कारवाही गर्ने लगायतको निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया