Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कोरोनाले सुरु गर्यो विश्वमा नयाँ हमला, लक्षणबिना नै मानिसमा संक्रमण हुने

काठमाडौं । संसारभर झण्डै ७७ हजार मानिसको ज्यान लिएको कोभिड १९ (कोरोना भाइरस)बाट झण्डै १४ लाख मानिस संक्रमित भइसकेको छन् । कोरोनाबाट संसार नै डराएको अवस्थामा फेरि कोरोनाले नै नयाँ हमला शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कोरोना भाइरसको संक्रमण पनि हुवेई प्रान्तबाटै आएको बताइन्छ ।

संक्रमितलाई नयाँ कोरोना लागेको थाहै नहुने भएकाले पहिलेको तुलनामा नयाँ कोरोना झनै खतरनाक मानिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणमा रुघाखोकी, घाँटीमा समस्या, ज्वरो र स्वास लिनका लागि समस्या हुने थियो । अब कोरोनाले स्वरुप परिवर्तन गरेर कुनै पनि प्रकारको लक्षणबिना नै मानिसमा संक्रमण हुने गरेको विशेषज्ञहरुले बताउँछन् ।

संसारलाई त्रसित पार्नेगरी कोरोनाले नयाँ रुपमा चीनकै वुहानबाट आक्रमण शुरु गरेको छ । यसलाई ‘एसिम्टोम्याटिक’को नाम दिइएको छ । ‘एसिम्टोम्याटिक’को अर्थ कुनै पनि प्रकारको लक्षणबिना नै संक्रमण हुनु हो । यसलाई मात्र टेष्ट गरेर पत्ता लगाउन सकिन्छ । तापक्रम नाप्ने मेसिनले अब शंका गर्न पनि नसकिने स्वरुप कोरोना भाइरसले लिएको छ ।

‘एसिम्टोम्याटिक’ कोरोनाको बिरामी कोभिड १९ का सामान्य बिरामी भन्दा धेरैगुणा खतरनाक हुने चिकित्सकहर बताउँछन् । अहिलेसम्म संसारभर ‘सिम्टोम्याटिक’ कोरोना संक्रमित मानिसहरु थिए भने अब फेरि एसिम्टोम्याटिक कोरोनाको संक्रमणले संसारलाई हल्लाउने भएकोछ ।

पहिलेको कोरोना पहिचान गर्न र उपचार गर्न सजिलो थियो भने अब एसिम्टोम्याटिक कोरोनाका कारण ठूलो क्षती व्यहोर्नु पर्ने देखिएको छ । ‘एसिम्टोम्याटिक’ कोरोनाले चिनियाँ नागरिक मात्र प्रभावित भएका छैनन्, यो भाइरसले संसारका सबै देशमा ठूलो चुनौति खडा गरेको छ । चीनको हुवेईमा ल‘कडाउन्’ हटाउने र जनजीवन सामान्य बनाउन सरकारले तत्काल उठाएको कदम उल्टो भएको छ ।

एकाएक १ हजार ५ सय ४१ कोरोना संक्रमित भेटिएपछि एसिम्टोम्याटिक कोरोनाको खुलासा भएको हो । चीनले ‘लकडाउन्’ हटाएपछि देखिएका बिरामी पहिलेका तुलनामा निकै खतरनाक हुने अनुमान गरिएको छ । किन र कसरी उब्जियो नयाँ कोरोना ? पुराना कोरोना भाइरसका केही बिरामी हुँदै गर्दा नयाँ खालको कोरोना भाइरसको संक्रमण भएपछि हवेई प्रान्तमा नयाँ रणनीति अपनाउने चीनको तयारी छ।

चीनले हुवेईमा ‘लकडाउन्’ लगाएपछि कोरोनाका बिरामी निक्कै कम भए । मार्च महिनामा त त्यहाँ एक दुई बिरामी मात्र फेला परेका थिए । त्यसैले चीनलाई लाग्यो, हुवेई प्रान्तमा बिरामी छैनन् । त्यसैले चीनले ‘लकडाउन्’ हटाउने निर्णय लियो । तर यो निर्णय प्रतिउत्पादक बनेको छ । चीन सरकारले २ महिनासम्म ‘लकडाउन्’ गरेर जनजीवन सामान्य नियन्त्रणमा रहेको थियो ।

८ अप्रिलबाट वुहानमा पब्लिक ट्रान्सपोर्ट शुरु गर्ने कोसिस गरेको थियो । यसअघि नै यहाँबाट डोमेस्टिक र अन्तर्राष्ट्रिय उडान पनि शुरु गरेको थियो । विदेशबाट आएका कयौँ व्यक्ति एसिम्टोम्याटिक कोरोनाको शिकार बनेका छन् । विदेशबाट आएका व्यक्तिमा पनि ‘एसिम्टोम्याटिक’ कोरोना फेला परेको छ । अहिले पनि दैनिक ५० जनाको हाराहारीमा विदेशबाट आउनेमा चीनमा कोरोना देखिएको छ ।

विदेशबाट आउनेले पनि ‘एसिम्टोम्याटिक’ कोरोना भित्र्याउन थालेपछि चीनले नयाँ कदम उठाउने तयारी गरेको छ । हुवेईमा ‘लकडाउन्’ हटाएपछि ‘एसिम्टोम्याटिक’ कोरोना फेला परेपछि १ हजार ५ सय ४१ नयाँ संक्रमण फेला परेका छन् । कोरोनाको नयाँ स्वरुप हेर्दा कोरोना भाइरसले हाम्रो साथ छाड्न त्यसै सक्दैन । त्यसैले ‘लकडाउन्’लाई लम्ब्याउनु आवश्यक देखिन्छ ।

महामारी रोगका विशेषज्ञ डा. एन्टोनी फ्लेहाल्टले अहिलेसम्म कोरोनाको पहिलो चरण रहेपनि यसले स्वरुप परिवर्तन गर्ने बताएका छन् । अब कोरोनाले स्वरुप परिवर्तन गरेर मानिसलाई लामो समयसम्म दुख दिन्छ । चीनमा यसको दोस्रो चरण सुरु भएकोमा उनी चिन्तित छन् । महामारी विज्ञानका विशेषज्ञ डा. एन्टोनी फ्लेहाल्टका अनुसार कोरोना संक्रमणका नयाँ बिरामी नआउनु पनि अल्पविराम जस्तै हो ।

चीनका आसपासका देशमा धेरै संख्यामा बिरामी नदेखिनुलाई पनि उनले यस्तै भनेका छन् । तुलनात्मकरुपमा चीनका छिमेकी देशमा अहिले पनि कोरोना संक्रमण कम देखिएको छ । कोरोनाको महामारीलाई विभिन्न चरणमा फैलिने आशंका गरिएको छ । एक पटक नियन्त्रणको नजिक पुगे पनि कोरोनाले फेरि स्वरुप परिवर्तन गरेर मानिसमा आक्रमण गर्ने वैज्ञानिकहरुको चेतावनी छ ।

त्यसैले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कयौँ वर्षसम्म कुर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ । नयाँ कोरोनालाई कसरी परास्त गर्न सक्ला विश्वले ? पहिलो उपचारः सरकारले ‘लकडाउन्’लाई चाँडै अन्त्य गर्नु हुँदैन । अब्जरभेसनका लागि निश्चित समय दिएर मात्र लकडाउन खोल्ने निर्णयमा पुग्नुपर्छ ।

अन्तर्राष्ट्रिय यात्रुको आवत जावतमा लामो समयसम्म प्रतिबन्ध लगाउनु आवश्यक हुन्छ । दोस्रो उपचारः कोरोना ठिक भएका बिरामीलाई तत्काल नै समाजसँग घुलमेल हुन दिनु हुँदैन । पटक पटक त्यस्ता निको भएका बिरामीलाई निगरानीमा राखेर उपचार गर्नुपर्छ । उनीहरुमा एसिम्टोम्याटिक कोरोनाको संक्रमण नहोस् भनेर सचेत बन्नुपर्छ । -एजेन्सी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP