
कपिलवस्तु २६ चैत्र
संघीय समाजवादी फोरम नेपाल बाट प्रदेश सभा सदस्यमा निर्वाचित सहषराम यादवको स्वकीय सचिव नेपाल सरकारको दोहारो सेवा सुविधा लिदै अाएकाे पाईएकाे छ ।
कपिलवस्तु क्षेत्र नंम्बर १ को (ख) बाट निर्वाचित भएका सहषराम यादवको स्वकीय सचिव विश्राम यादवले नेपाल सरकारको दोहारो सेवा सुविधा लिदै आएका छन् । नेपालको बेरोजगारी समस्यामा कैयौं नेपाली दाजुभाइ बिदेशीएका अबस्थामा पनि उनले दोहोरो सरकारी सुबिधा लिएका छन् ।
सरकारी दोहोरो सुबिधा लिदै गरेको सहषराम यादवका स्वकीय सचिब विश्राम यादवले मासिक २५ हजार भन्दा बढी तलब बुझ्दै छन् । उता सोही जिल्लाको मायादेबी गाउँपालिकाको वडा नंम्बर ३ फुलीका बहरवासीमा रहेको श्री मुनेश्वार माध्यमिक विद्यालयमा अङ्रेजी विषय पढाउने स्वयंम् शिक्षकको रुपमा रहदैं आएको मासिक १८ हजार बुझ्दै आएका छन् ।
उनी त एक उदाहरण हुन् सरकारी दोहोरो सुबिधा लिनेमा तर यस्ता धेरै ब्यक्तिहरु होलान् जो राम्रो लाई हैन हाम्रोलाइ प्राथमिकता दिएर सरकारी दोहोरो तेहोरो सुबिधा उपभोग गर्दै आएका छन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित सरकारी पक्षको ध्यान जानू जरुरी देखिन्छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया