Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जंगल जोगाउदै वन कर्मचारी, लकडाउनको मौका छोपी काठ तस्कर सक्रिय

कपिलवस्तु , २८ चैत


कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनमा हुन सक्ने बनजन्य अपराध नियन्त्रणका लागि कपिलवस्तुमा विशेष अभियान चलाईएको छ । डिभिजन बन कार्यालय कपिलवस्तुले बन्यजन्तुको चोरी शिकार तथा काठ तस्करी नियन्त्रण गर्न अभियान चलाएको हो । लकडाउनको मौका छोपि विभिन्न जिल्लाहरुमा काठको चोरी तस्करी, बन फडाँनी र बन्यजन्तुहरुको चोरी शिकार भइरहेको बेला कपिलवस्तुमा भने यसको नियन्त्रणका लागि कर्मचारीहरु जंगल डुलिरहेका छन् । बन कर्मचारी, शशस्त्र बन रक्षक, साझेदारी बन हेरालु , सामुदायिक बनका पदाधिकारी तथा समुदाय संगको सहकार्यमा विगत ३ साता देखि बन संरक्षण अभियान चलाइएको छ ।

वनकाे अनुगमन गर्दै वन सरक्षक

डिभिजन बन कार्यालय कपिलवस्तुका प्रवक्ता मदन मोहन शाण्डिल्यका अनुसार संयुक्त रुपमा रात्री गस्ती, दिउसो बन संग जोडिएको बस्तीहरुमा चेकजाँच तथा समुदायमा बन र बन्यजन्तु संरक्षण सम्बन्धी अनौपचारिक छलफल चलाइएको छ । “हामीले यसै क्रममा कोरोना संक्रमण बाट बच्न आवश्यक पर्ने सावधानीका बारेमा समेत सामुदायिक बनहरुलाई सचेतीकरण गरिरहेका छौ” उहाले भन्नुभयो । बन कर्मचारीहरु रातीमै जंगलमा पाल टांगेर बस्ने गर्दछन् भने दिउसोमा पैदल गस्ती गर्ने गरेका छन् । अहिले डिभिजनले ४ वटा हतियार सहितको शशस्त्र टीम बनाई बनहरुमा परिचालन गरेको छ ।

लकडाउनमा आर्थिक अभाव संगै फुर्सदिलो भएपछि बन फडानी, काठ तस्करी र बन्यजन्तुको चोरी बढ्न सक्छ त्यसैले हामी पूर्व सतर्कता अपनाएका छौ डिभिजन बन प्रमुख इश्वरी प्रसाद पौडेलले टेलीफोनमा भन्नुभयो ।

        आफु विभागिय कार्यले काठमाण्डौ गएको बेला लकडाउनले फसेको बताउदै उहाले प्रशासन, सुरक्षा संयत्र र बन कर्मचारीहरु संग समन्व गरि बन संरक्षण कार्यमा लागेको जानकारी दिनुभयो । डिभिजन बन कार्यालयले यतिखेर बन संरक्षणका लागि अग्नी नियन्त्रण दस्ता समेत परिचालन गरेको छ । आगलागीको सिजन सुरु भएपछि डिभिजनले क्वीक रेस्पोन्स फायर फ्याक्टर टीम बनाएको छ । जस अनुसार तिलौराकोट साझेदारी बन, मायादेवी साझेदारी बन र डिभिजन भित्र रहेका ६८ वटा सामुदायिक बन आबद्ध छन् । “हामीले यसका लागि पटना, पिपरा, चेत्रादेइ, भलवाड, गोरुसिंग लगायतका क्षेत्रमा टोलीलाई तयारी अवस्थामा राखेका छौ, आगलागीको सूचना पाएलगत्तै पठाउने व्यवस्था छ” प्रवक्ता सहायक बन अधिकृत शाण्डिल्यले भन्नुभयो ।

 यसै गरि बनले तिलौराकोट साझेदारी बन, मायादेवी साझेदारी सहित अन्य २८ वटा सामुदायिक बनमा भइरहेको बैज्ञानिक बन व्यवस्थापनको समेत अनुगमन थालेको छ । हामीले बन क्षेत्रमा भइरहेका कटान, मुछान र छपान भएका क्षेत्र हेरिरहेका छौ, फायरलाईनको अवस्था र प्लटमा पुर्नउत्पादनको अवस्था समेत हेरी थप निर्देशन र सुझाव दिएका छौ” शाण्डिल्यले भन्नुभयो । कार्यालयमा सेवाग्राही नभएको बेला लकडाउनमा बन क्षेत्रको सुरक्षा र सुधार दुबै गर्ने अवसर पाइएको उहाको भनाई छ ।
तिलौराकोट साझेदारी बनका अध्यक्ष जयप्रकाश पाण्डेले लकडाउनको पालना गर्दै साझेदारीले आफ्नो बन क्षेत्रको सुरक्षामा कुनै कसर बाकी नराखेको बताउनुभयो । “डिभिजन बन संग समन्वय गरि बैज्ञानिक बन व्यवस्थापन अन्र्तगतका कार्यहरुको निरिक्षण, बन संरक्षण गर्न गस्ती, अग्नी नियन्त्रक दस्ता परिचालन गरिरहेका छौ” पाण्डेले भन्नुभयो । निरिक्षण र गस्तिमा खटिएका कर्मचारी र बन रक्षक, हेरालुहरुको नियमित स्वास्थ्य परिक्षण गरिरहेको समेत उहाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP