Trending
राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज राजनीति खानी उत्खनन गर्न सके मुलुकलाई फाइदा पुग्छ : मन्त्री भण्डारी राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव समाज भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते

भारतीय क्वारेन्टाईनमा ३७ जना नेपाली नागरिक

माधव बेल्वासे


चन्द्रौटा,२ वैशाख
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सिमा नजिकै भारतीय क्षेत्रमा नेपालीहरुले क्वारेन्टाइनमा समय बिताइरहेका छन् ।

कपिलवस्तुको कृष्णनगर सिमामा पर्ने बढनीको गांधी आर्दश माध्यमिक विद्यालयमा १६ जना र तुलसियापुरमा २१ जना नेपालीहरु क्वारेन्टाइनमा रहेका छन् । भारतको मुम्वई ,हरियाण,दिल्ली,बिजयपुर लगाएतका ठाउँ वाट आएका उनीहरुमा २ जना बालवालिका सहित महिलाहरु पनि रहेका छन् ।


कृष्णनगर देखि ८ सय मिटरको दुरीमा रहेको क्वारेन्टाइनमा रहेका १६ जनालाई नेपाल ल्याउने तयारी भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलले बताउनुभयो । ‘क्वारेन्टाइनमा बसेका अंिधकाशको १४ दिन पुगेको छ,उहाले भन्नुभयो, ‘नेपाल ल्याउने भन्ने विषयमा माथि कुरा भइरहेको छ,।’ उनीहरुलाई बस्न, खाना, नियमित स्वास्थ्य चेकजाँच लगायतको सुविधा भारत सरकारले उपलब्ध गराइएको छ ।


सिमा बन्द भएका कारण नेपालीहरु भारत मै अलपत्र परेका छन् । भारतीय शहरबाट फकर्ने नेपालहरूका लागि भारतिय प्रशासनले यातायातको व्यावस्था गरी सीमासम्म ल्याइपुर्याएको थियो । त्यसपछि क्वारेन्टाइनमा बसिरहेका छौं,’ दांङ घर भएकी कमला थारुले भन्नुभयो, ‘हामी देश जान पाइन्छ भन्ने आशामा सीमामा आइपुग्यौं, ।’
दांङ, प्यूठान, गुल्मी ,कपिलवस्तु लगायतका ठाउँका ती नेपालीहरुका लागि क्वारेन्टाइनमा वेड ओढ्ने र झुलको व्यवस्था गरिएको छ ।

बिहान बेलुका खाना र खाजाको समेत प्रबन्ध रहेको उनीहरुले बताए । बढ्नी ब्लाक लगायत सरकारी अस्पतालका डाक्टरहरुको टिमले उनीहरुको स्वास्थ्य चेक जाँच गरिरहेको छ । नेपालसँगै भारतमा पनि लकडाउनका कारण सीमामा आवतजावत बन्द भएपछि मानिसहरु दुवैतर्फ रोकिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP