Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

तस्करी र कालो बजारीलाई कारवाही गर्न अनेरास्ववियू कपिलवस्तुको माग


घनश्याम भर


चैत्र २ कपिलवस्तु
राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको लागि विद्यार्थी आन्दोलनमा निर्णायक भूमिकाको निर्वाह गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कपिलवस्तुले मंगलवार एक विज्ञप्ती जारी गर्दै नदीजन्य पदार्थ, काठ तस्करी र कालो बजारी गर्नेलाई कारवाहीको माग गरेको छ ।

विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट संक्रमणको गुज्रिरहेको बेला यसको जोखिम नेपालमा पनि बढिरहेको यस संकटको परिस्थिथिमा यस्तो कारवाहीको माग गरिएको अनेरास्ववियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले जानकारी दिनुभयो ।


यस महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले चैत्र ११ गतेदेखि लगाएको लकडाउनको सबैले पालना गरी घरमै बसेर कोरोना भाइरस महामारीबाट जुध्न साथ दिईरहेको अवस्थामा लकडाउनको मौका छोपी कपिलवस्तुमा तस्करहरुले नदीजन्य पदार्थ, बन फडानी गरी काठ तस्करी, अत्यावश्यक सामग्रीमा कालो बजारी गर्ने र महंगी बढाउने गरेको सुन्नमा आएको भन्दै प्रशासनलाई ध्यानार्षण गराएको छ ।


यस्तो अवस्थामा गैर मानवीय कार्य गर्नेलाई प्रशासनले नियन्त्रणमा लिएर कारवाही गर्नुेपर्नेमा प्रशासनले नै कानमा तेल हालेर बसेको गुनासो गरेका छन् । यसमा आम समुदायमा शंका उत्पन्न भएकोले प्रशासनकै मिलेमतो भएको हुन सक्ने भन्दै आरोपसमेत लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


अनेरास्ववियू कपिलवस्तुले विषम परिस्थितिमा यस्ता तस्करी र कालो बजारी गर्ने कार्य गर्नेलाई हदैसम्म कारवाही गर्न प्रशासन समक्ष जोडदार माग गरेको छ । अन्यथा यस्ता विकृतिहरु माथि अनेरास्ववियूले हस्तक्षेप गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP