Trending
राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव समाज भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते समाज ललितपुर आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर समाज खुम्बुमा बाटो भत्किँदा सगरमाथा आरोहण अवरुद्ध समाज ‘घरजग्गा व्यवसाय व्यवस्थित नहुनुमा राजनीतिक अस्थिरता पनि कारण हो राजनीति सुदूरका मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासक मत नदिन एमाले अध्यक्ष ओलीको निर्देशन स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा

वार्डेनले ३ जना बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बौद्धको सर्वनाम शिक्षालयमा तनाव

काठमाण्डाै – काठमाण्डौकाे जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेनले तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावकले शिक्षालयमा प्रदर्शन गरेका छन् ।

१५, १३ र १२ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

तनाव मत्थर गर्न प्रहरी शिक्षालयमा पुगेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो ।

अहिले आरोपित वार्डेन बस्नेतको खोजी भइरहेको छ । उनीविरुद्ध जाहेरी दिन विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरिएको र अहिले जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP