Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपालको पहिलो नगरपालिका बुद्धभुमि बाल विवाह मुक्त घोषणा

नारद कोहार
कपिलबस्तु, भाद्र १०
जिल्लाको बुद्धभुमि नगरपालिका नेपालको पहिलो बाल विवाह मुक्त तथा पुर्ण खोप नगर घोषणा गरिएको छ । नगरपालिकाको गोरुसिंगेका आयोजना गरि घोषणा गरिएको हो ।
नेपालको मुलकी देवानी संहिता, २०७४ले विवाह गर्ने न्यूनताम उमेर २० वर्ष तोकेको छ । बाल विवाह अन्त्यका लागि कम उमेर बाल विवाह गर्ने गराउनेलाई दाण्ड सजायको व्यवस्था समेत गरेको छ ।राष्ट्यि राण्निति २०७२ ले सन् २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्य अनुरुप नगरपालिकालाई बाल विवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख केशब कुमार श्रेष्ठले बताउनु भयो ।
उक्त नगरपालिकामा विगत २ वर्षको अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरूको प्रतिबद्धता जनाएर यस नगरलाई बालविवाह मुक्त घोषणा गरिएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
साथै नगरपालिका भित्रका १६ देखि २३ महिना सम्मका सवै वालवालिकाहरुले १ वर्षको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित भए संगै नगर प्रमुख श्रेष्ठले पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संविधान र कानुनले बन्देज गरेको अवस्थामा उमेर नपुगी गरिने विवाहलाई अवैधानिक तथा गैरकानुनी मानिने बताए । बाल विवाह रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व हुने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य द्वाय शहसराम यादव र सन्तोष कुमार पाण्डेयले तराई क्षेत्रमा नेपाल भारत सीमा पारी गएर बाल विवाह गर्ने प्रवृत्ति रहेको बताउँदै त्यसलाई पनि रोक्न सक्ने प्रणालीको विकास गरेमात्र बाल विवाह मुक्त घोषणाले सार्थकता पाउने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले यसलाई घोषणामा मात्र होइन दीगो पन दिन जरुरी रहेको बताए ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाथ्याले बालविवाह गर्नु कानुनी अपराध भएको बताउदै यसले बालबालिकाको शारीरिक, मानसिक तथा अन्य क्षेत्रमा समेत असर पुर्याउने भएकाले बालबिबाह हुन नदिन सबैको सहयोगको उतिकै खाचो रहेको बताउनुभयो । बिपन्न तथा दलित समुदायमा शिक्षा तथा चेतनाका अभावका कारण बाल विवाह बढि हुने गरेको पाईएकाले उनीहरुलाई सचेत गराएमा न्युनिकरण हुने धारणा राख्नुभयो ।
कार्यक्रम बुद्धभुमि नगरपालिकाको आयोजनामा भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP