पाल्पा
बुधवार बिहान विद्यालयमा ट्युशन पढ्न जाने क्रममा बेहोस भएकी एकजना छात्राको निधन भएको छ ।
बिहान करिब ८ बजे विद्यालयमा ट्युशन पढ्न जाने क्रममा एक्कासी बेहोस हुँदा पाल्पाको रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी कमला फालको ज्यान गएको हो ।
कक्षा १० मा अध्यानरत उनी बेहोस भएपछि उपचारका लागि तानसेनतर्फ ल्याउँदै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिहान विद्यालय जाने क्रममा कमला सहित अन्य ६ जना छात्रा र १ जना छात्र पनि विद्यालय नजिकै बेहोस भएका थिए ।
उनीहरु मध्ये तीनजनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास, दुईजनाको युनाइटेड मिशन अस्पताल र अन्य दुईको ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। उनीहरु के कारणले बेहोस भए भन्नेबारे खुल्न सकेको छैन भने चिकित्सकको टोलिले सो बारे अध्यान गरिरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया