Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

भाेलीदेखि नेपाल–जापान सिधा हवाई सम्पर्क

काठमाडौं

नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दै छ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।

निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ ।

साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन ।

काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।

जापानको ओशाकामा नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म जहाज उडाएको थियो । शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र रहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

तर अब काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी हुन् ।

जनवरीबाट टोकियो उडान

निगमलाई सहजै यात्रु प्राप्त हुने विमानस्थल भने जापानको टोकियोस्थित नारिता विमानस्थल हो । यहाँ भने सेड्युल उडानको अनुमति पाइसकेको छैन ।

आगामी जनवरीसम्म नारिता विमानस्थलमा पनि उडान भर्न अनुमति प्राप्त भइसक्ने निगमको भनाइ छ ।

दशैंको मुख पारेर यस विमानस्थलबाट दुई चार्टर्ड उडानको अनुमति भने निगमले पाएको छ । दशैंमा राम्रो अकुपेन्सीमा जापान उडान गर्ने निगमले बताएको छ ।

२७४ सिट क्षमताको वाइडबडी जहाजमा ७० प्रतिशत सिट भरियो भने उक्त उडान नाफामा जाने निगमको भनाइ छ । जापान उडान शुरु भएको केही समय भित्रै ८०–८५ प्रतिशत अकुपेन्सीमा यात्रु पाउने अनुमान निगमले गरेको छ । जापानमा नेपाली विद्यार्थी, कामदार र वर्षेनी करीव ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मुख्य पाहुना हुनेछन् । निगमले गत वैशाखमा पहिलो पटक उडान अनुमति पाएको थियो ।

त्यसबेला निगमले भदौका लागि उडानको निर्धारण गरेको थियो तर, यात्रु नपाएपछि अन्तिम समयमा रद्द गर्नुपरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP