Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

फास्ट ट्रयाक : १ खर्ब ५५ अर्बमा ४० महिना भित्र सेनाले सक्ने

काठमाडौँ,

काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ४० महिनामा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । बुधबार सेनाले पत्रकार सम्मेलन गरी अवको साढे ३ बर्षभित्रमा मार्ग निर्माण सम्पन्न हुने जनाएको हो ।

साढे तीन बर्षमा विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ । अन्तराष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ ।

आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरि खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए ।

दु्रत मार्ग खोकनाबाट सुरु भई नीजगढ सम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यसअघिको डिपिआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हो ।

पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। साथै उक्र सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने भएको हो। यसअघि एसियाली विकास बैकले छोक्रे डाँडा , ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन थालेको महासेनानी शरदलाल श्रेष्ठले जानकारी दिए ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरि दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबी द्धारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ ।

दु्रत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत काम सम्पन्न भईसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रीपरिषद् बैठकले दु्रत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । दु्रत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP