Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो बुटवल भैरहवा सडक

रुपन्देही १२ भदौ

बुटवल बेलहिया ६ लेन सडक निर्माण आयोजना सम्पन्न नहुँदै भत्किन थालेको छ । सो आयोजना अन्तर्गत निर्माण भएको बुटवलदेखि भैरहवावीचका धेरै स्थानमा वीच वीचमा खाल्डो पर्ने समस्या देखिन थालेको छ । सडकको बीचवीचमा खाल्डा पर्न थालेपछि स्थानीयले पटक–पटक विरोध गर्दै आएका छन तर पनि आयोजनाको बेवास्ताका कारण सडक भत्केर खाल्डा परेको हो ।एता भैरहवाको आँखा अस्पताल नजिकदेखि बुद्धचोकसम्म शर्मा दिवा कञ्चनजंघा जेभीले निर्माण गरेको सडकको गुणस्तरबारे अख्तियारले समेत छानबिन गरिरहेको छ ।आयोजना अन्तर्गत भैरहवाको बुद्धचोकदेखि अञ्चलपुरसम्म र डन्डापुलदेखि आँखा अस्पतालसम्म ठेक्का लिएको कालिका तामाङ प्यासेफिक जेभीको निर्माण कार्य सुरुदेखि गुणस्तरहीन थियो । बुद्धचोकदेखि अञ्चलपुरसम्म निर्माण गरिएको सडक छेउँको दुईतर्फी सर्भिस लेनको कालोपत्रे समेत कमजोर देखिएको छ । अलकत्रा छर्केर त्यसमाथि रोलरले दबाएर छोडिएको सडकमा अहिले खाल्टाखुल्टी मात्र छन् । “पिच गर्दा नै सडक गुणस्तरीय नभएको आयोजनालाई जानकारी गराए पनि सुनुवाइ भएन”– सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरका भरतकुमार पोखरेलले भन्नुभयो–“बनेका सडक पनि गुणस्तरीय छैनन् । सम्बन्धित निकायले ठेकेदारलाई मात्र नभई त्यसमा संलग्न प्राविधिकसमेतलाई छानबिन र कानुनी दायरामा ल्याउन जरुरी छ ।” निर्माण सम्पन्न भनिएको सडकमा पानी जम्ने, जम्पिङ हुने, कालोपत्रे एक वर्ष नबित्दै भत्किने र नालीमा फोहर पानी नबगेर निकास नपाउनेजस्ता समस्या देखापरेको उहाँले बताउनुभयो । ठेकेदारले गरेको निर्माण कार्यप्रति सुरुदेखि नै आयोजनाबाट खटिने प्राविधिकले चासो नदिएको र ठेकेदारकै पृष्ठपोषण गर्ने कारणले निर्माण कार्य गुणस्तरहीन भएको पोखरेलले बताउनुभयो । उता बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले भैरहवाको आँखा अस्पताल नजिकदेखि बुद्धचोकसम्मको सडकको गुणस्तरबारे अख्तियारले अध्ययन र छानबिन जारी राखेको र अन्य ठेक्कामा गुणस्तरको समस्या नआएको बताउनुभयो । आयोजनाले पछि लगाएको ठेक्कामध्ये कालिका तामाङ प्यासेफिक जेभीलाई निर्माणमा ढिलाइ गरेकाले तीन करोड ८७ लाख रुपैयाँ जरिवाना तिराइएको र निर्माण कार्यमा गुणस्तरीयताको गुनासो आएकाले ठेकेदार पक्षबाट गर्नुपर्ने मर्मतको अवधि बढाइएको उहाँले बताउनुभयो । मिश्रका अनुसार ठेकेदारले निर्माण सम्पन्न गरेको एक वर्षसम्म मर्मत अवधि हुन्छ । कालिका तामाङ प्यासेफिक जेभीलाई मर्मत अवधि छ महिना थपेर डेढ वर्ष पु¥याइएको छ । आयोजनाको डीपीआर ९विस्तृत अध्ययन प्रतिवेदन० तयार गर्दा नै चलनचल्तीको मूल्यलाई आधार मानेर आयोजनाको लागत मूल्य कायम गरिएको हुन्छ । “बिलो टेन्डरमा तोकिएको गुणस्तर कायम राख्न सम्भव नै छैन”– भैरहवाका नागरिक अगुवा विजयगोविन्द श्रेष्ठले भन्नुभयो–“अनियममितता र गुणस्तरहीनको सुरुआत नै यहीँबाट सुरु हुने गर्छ, अत्यधिक बिलो टेन्डर हाल्ने ठेकेदारले गुणस्तरमै चलखेल गर्नुको विकल्प हुँदैन ।” आयोजना प्रमुख मिश्रले सडकको डिजाइन तयार पार्दा भौगोलिक बनावटलाई ख्याल गरेर बनाइनुपर्नेमा त्यसो नगरिनु प्राविधिक त्रुटि भएको बताउनुभयो । उहाँका अनुसार बुटवल क्षेत्रको तुलनामा भैरहवा क्षेत्र लो ल्यान्ड भएकाले पानी जम्ने र कम गहिराइमै भूमिगत पानी हुने भएकाले जमिनको बनावट फरक छ । बुटवल क्षेत्रको तुलनामा भैरहवा क्षेत्रको सडक बढी दबेको र भत्केको छ ।पाँच वर्ष भित्रमा सम्पन्न गर्ने गरी ०६८ सालमा सुरु गरिएको बेलहिया–बुटवल छ लेन सडक आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । यो सडकको दूरी २४ किलोमिटर छ । यसको सुरु लागत चार अर्व भएपनि अहिले बढेर पाँच अर्व ८६ करोड पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP