
काठमाडौं । सर्लाहीमा देखा परेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् ।
तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो। उनले काठमाडौंको जडिबुटी तथा कपनमा गरी दुई ठाउँमा उनका बुबाको फर्निचर उद्योग भएको बताएका छन्।
उनीहरुको बसोबास जडिबुटीमा रहेको उनले बताएका छन्। युवतीको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र पोजेटिभ पाइएपछि काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो। संक्रमित युवतीका अन्य जानकारी लिने काम भइरहेको प्रजिअ जिसीले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया