Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फ्राइडे रिलिजः ‘नालापानी’ र ‘के घर के डेरा’ सहित सिनेमा हलमा ३ फिल्म

काठमाडौं : शुक्रबारदेखि २ नेपालीसहित ३ वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म ‘के घर के डेरा’ र ‘नालापानी’ सहित हलिउड फिल्म ‘ब्ल्याक एडम’ले एकसाथ प्रदर्शन थालेका हुन्।

रिमेश अधिकारीको लेखन तथा निर्देशनमा बनेको ‘नालापानी’ २ सय ८ वर्षअघि नेपाली सेनाले अंग्रेजविरुद्ध ‘नालापानी’मा लडेको युद्धमा आधारित फिल्म हो।

९ वर्षअघि निर्माणको तयारी गरिएको ‘नालापानी’ नेपाली फिल्म इतिहासमा सबैभन्दा ठूलो बजेटमा बनेका फिल्ममा पर्छ। फिल्मको बजेट १४ करोड रूपैयाँ नाघेको बताइएको छ। 

फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजा चन्द, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले पहिलो दिन मल्टिप्लेक्समा १० देखि २० प्रतिशतसम्म शो पाएको छ। शुक्रबार बिहानको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ। 

दिपेन्द्र के खनालको निर्देशनमा बनेको ‘के घर के डेरा’ले पनि हलमा १० देखि २५ प्रतिशतसम्म शो पाएको छ। काठमाडौंमा डेरामा बस्नेहरूको कथा रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ‘के घर के डेरा’मा पनि शुक्रबारको शोमा दर्शकको उपस्थिति औषत देखिएको छ। 

यतिवेला हलमा सबैभन्दा बढी शो र सबैभन्दा बढी दर्शकको उपस्थितिका साथ प्रदर्शन भएको फिल्म हो ‘ब्ल्याक एडम’। मल्टिप्लेक्समा ४० प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको उपस्थिति ७० देखि ८० प्रतिशतसम्म देखिएको छ।

जेम कलेक्ट सेराको निर्देशनमा निर्मित सुपरहिरो फिल्ममा ड्वाने जनसन, भिएला डेभिस, पियर्स ब्रस्नन, अल्डिस होज लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यीबाहेक नेपाली फिल्म ‘दुई नम्बरी’ र कन्नड फिल्म ‘कान्तारा’ पनि यतिवेला हलमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP