
काठमाडौं । बारामा एक पत्रकारमा पनि कोेभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । सोमबार (आज) बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोनाको संक्रमण पुष्टि भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नं. ५ निवासी ३८ वर्पीय पुरुष भएको बताइएको छ । उनलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको पनि प्रवक्ता मिश्रले बबताउनुभयो ।
यसअघि बाराको छिमेकी जिल्ला पर्सामा पनि दुईजना पत्रकारमा संक्रमण देखिएको थियो । त्यस्तै, जनकपुर र उदयपुरमा पनि एक एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया