Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लाखे’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ। बुधबार राजधानीमा भएको प्रिमियर शोमा उपस्थित दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका हुन्। 

सम्राट बस्नेतको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म एक्सन क्राइम सस्पेन्स जनरामा बनेको छ। फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, अर्पण थापा, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रिमियरमा उपस्थित फिल्म क्षेत्रका विशिष्ट व्यक्तिहरूले ‘लाखे’ले नेपाली एक्सन फिल्मलाई अन्तरराष्ट्रिय स्तरमा लगेको प्रतिक्रिया दिएका थिए। 

निर्माता संघका अध्यक्ष नवल खड्काले ‘लाखे’ आफैँमा शक्तिशाली नाम रहेको र फिल्म पनि उत्कृष्ट रहेको बताए। निर्देशक र कलाकारको काम पनि तारिफयोग्य रहेको उनले बताए। 

उनले भने, ‘लाखे भन्ने बित्तिकै ऐतिहासिक हिसाबले पौराणिक हिसाबले र विगतमा समाजमा भइरहेको विकृति, नकनरात्मक र सकारात्मक पक्षबीच द्वन्द्व हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ भन्ने कुरालाई सुगठित तरिकाले उठाइएको छ।’

फिल्मका अभिनेता प्रशान्त ताम्राकारले ‘लाखे’का लागि आफूहरू सबैले मेहनत गरेको र फिल्म तयार भएर आउँदा अपेक्षा गरेको भन्दा राम्रो भएर आएको बताए।

अर्का अभिनेता अनुपविक्रम शाहीले नेपाली फिल्मलाई विदेशी फिल्मसँग तुलना नगरी हेर्ने हो भने नेपाली फिल्ममा आएको सकारात्मक परिवर्तन देख्न सकिने जिकिर गर्दै सबैले नेपाली फिल्मलाई माया गरे नेपाली फिल्मले छिटै फड्को मार्न सक्ने कुरा पनि जनाए।

सिजन अर्यालको कथा एवम् आकाश बराल र अनुप न्यौपानेको पटकथा रहेको फिल्ममा लामो समयदेखि एउटा बैंकको इमानदार कर्मचारी भएर काम गरेको पात्र समीर महर्जनको कथा रहेको छ। जो बिना कसुर जेल सजाय भोग्न बाध्य हुन्छ।

फिल्ममा ‘लाखे’मार्फत नेवार संस्कृतिलाई फिल्ममा जोडिएको छ। नेवार समुदायको लाखे जस्तै खतरामा पर्नसक्ने अन्य समुदायका  संस्कृतिहरूको कथा फिल्मले फरक शैलीबाट भनेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP