Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या १३१ पुग्यो

जनकपुरधाम

राजन झा प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थियो ।

आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ ।

आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् ।

यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP