Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

गत वर्ष मुलुकको २ खर्ब ६५ अर्ब ६७ करोड घाटा

काठमाडौं

बितेको आर्थिक वर्षमा मुलुकले २ खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार तथा ट्रान्सफर समावेश हुन्छ । चालु खाताको स्थितिले मुलुकको अर्थतन्त्र कति सशक्तता मापन गरिन्छ । चुलिँदो चालु खाता घाटाले अर्थतन्त्रमा आसन्न संकटको संकेत गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मुलुकको शोधनान्तर घाटा अर्थात् भुक्तानी सन्तुलनको स्थितिमा भने जेठ महिनाको भन्दा असार अन्तिममा केही सुधार देखाएको छ ।

गत आवको जेठ महिनामा ९० अर्ब ८३ करोड रूपैयाँ घाटामा थियो । सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् गतअसारमा २३ अर्ब रूपैयाँविदेशी सहायताको शोधभर्ना प्राप्त गरेकाले शोधनान्तर घाटा केहीकमभइ ६७अर्ब ४० करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४र७५ माशोधनान्तर ९६ करोड रूपैयाँ नाफामा थियो । चालु खाता र पुँजी तथा वित्तिय खाताले शोधनान्तरको स्थितिलाई देखाउँछ । पुँजी खातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक वित्तिय संस्था तथा निजी क्षेत्रले विदेशबाट ल्याएको ऋण समेत समावेश हुन्छ । पुँजीखाताको दायित्व दीर्घकालीन हुुन्छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा यसलाई अर्थतन्त्रको प्रबल सूचक मानिन्छ ।

गत आर्थिक वर्षमा विदेशी लगानी आप्रवाह पनि घटेको छ । समीक्षा अवधिमा १७ अर्ब ५१ करोड रूपैयाँ विदेशी लगानी आएको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुँदा पनि मुलुकको चालु खाता घाटा थप गहिरिएको छ । पछिल्लो समय सेवा व्यापारतर्फको घाटा पनि चुलिँदै गएको छ । समीक्षा अवधिमा सेवा व्यापारतर्फ १६ अर्ब ५२ करोड रूपैयाँ घाटा छ ।

गत आवमा विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब रूपैयाँ छ । अमेरिकी डलरमा पनि विप्रेषणको वृद्धिदर ७।८प्रतिशत छ भने नेपाली रूपैयाँमा १६।५ प्रतिशतको वृद्धिदर छ ।
उपभोक्ता मुल्यवृद्धि भने बढ्दै गएको छ । मुद्रास्फिति गत आवको अन्तिम महिनामा ६ प्रतिशत पुगेको छ । वर्षभरको औसत मुद्रास्फिति पनि २०७४–७५ को ४।२ प्रतिशतबाट वृद्धि भइ ४।६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा १४ खर्ब १९ अर्ब रूपैयाँको आयात र ९७ अर्ब ११ करोड रूपैयाँको निर्यात भइ व्यापार घाटा १३ खर्ब २१ अर्ब रूपैयाँ छ ।

गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा ५।८ प्रतिशतले घटेर ९ अर्ब ५० करोड अमेरिकी डलर छ । उपलब्ध सञ्चितिले ७।८ महिनाको आयात धान्न मात्र पर्याप्त हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा प्रमुख आयातमा पेट्रोलियम, सवारी साधन, मेसिनरी, एमएस बिलेट र सुन छन् । यस्तै, प्रमुख निर्यातको सूचीमा कार्पेट, पोलिस्टर यार्न, जुट, जुस र अलैंची रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP