
काठमाडौँ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. शमिरकुमार अधिकारीले संक्रमण पूर्ण रुपमा रोक्न नसकिने भएकाले नेपालमा अरु पनि धेरै संक्रमितहरु बढ्न सक्ने बताउनुभयाएको छ । उहाँले सवैमा एकै पटक संक्रमण भएको अवस्थामा राज्यले धान्न नसक्ने भएकाले दु्रत गतिमा भाइरस नफैलियोस भन्नका लागि सरकारले लकडाउन गरेको र भेटिएका संक्रमितहरुबाट अरुमा नसरोस भनेर क्वारेन्टिनको व्यवस्था गरिए पनि जनताले नबुझेको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अधिकारीले क्वारेन्टिनमा किन बस्ने भन्ने जनचेतना नपुग्नु र सवै ठाउँमा तयार भएका क्वारेन्टिाइनहरु स्तरिया नभएकाले पनि समस्या आएको बताउनुभयो ।
मानिसमा कोरोना भाइरसको लक्षण विकास हुन्छ कि हुँदै भन्ने कुरा हेर्नका लागि क्वारेन्टिनको व्यवस्था गरिएको भन्दै त्यहाँ बस्नेले म क्वारेन्टिनमा नबस्ता मेरो परिवार र गाँउ सुरक्षित हुन्छ भन्ने कुरा बुझ्नुपर्ने बताउनुभयो ।
उहाँले बाहिरबाट नेपालीहरु ल्याउदा पनि भयावहको अवस्था नआउने बताउनुभयो । जहाँ बढी संका गरिएको हुन्छ त्यहाका मानिसको उपचार पनि त्यही अनुसारले हुने भएकाले समस्या नभएपनि धेरै मानिसहरु लुक्ने र भाग्ने काम गरेकाले समुदाय जोखिममा पर्ने सम्भावना पनि त्यतिनै सम्भावना रहेको दावी गर्नुभयो ।
उहाँले विरामी बोक्न नमान्ने एम्बुलेन्सहरुलाई कारवाही गरिने भन्दै मन्त्रालयले कसैलाई पनि ट्याक्टरमा विरामी बोक्न निर्देशन नदिएको बताउनुभयो । देश भर ७७ हजार ४ सय २६ क्वारेन्टिाइन रहेपनि भारत लगायतका देशबाट नेपालीहरु आउने क्रम बढेकाले क्वारेन्टिनको संख्या बढाउनु पर्ने भन्दै सरकारले त्यसको तयारी गरिरहेको जानकारी दिनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया