बागलुङ : जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।

ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।

निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। 

परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा यी सामान र कागजात फेला परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP