Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विजयनगरको आइसोलेशन सेन्टरमा बुद्धभूमीका दुई कोरोना संक्रमित

राम प्रघट कोरी

जेष्ठ १३ – विजयनगर

कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका दुई कोरोना संक्रमित व्यक्तिलाई विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको छ । बुद्धभूमीमा तत्काल आइसोलेशनको व्यवस्था नहुँदा दुई पालिकाका प्रमुखहरु बीच समन्वय गरी बुद्धभूमी वडा नं. ४ का कोरोना संक्रमित २२ वर्षिय र १७ वर्षिय पुरुषलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

उहाँहरुलाई गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा बनाईको आइसोलेशन सेन्टरमा राखिएको छ । दुबै कोरोना संक्रमितलाई आइतवार नै आइसोलेशनमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।

अहिले गाउँपालिकाका ३ जना र बुद्धभूमीका २ जना गरी ५ जना कोरोना संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य र प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहेको अधिकारीले बताउनुभयो ।

विजयनगरका ३ जनामा एकै पटक कोरोनाको संक्रमण देखिएपछि गाउँपालिकाकाले २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP