Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पाल्पामा कोरोना किट अभाव

तानसेन । पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताउनुभयो । पछिल्लो तीन दिनमा करीब ४५० नागरिक पाल्पा भित्रिएकामा आइतबार आरडिटी तथा पिसिआरका लागि स्वाब संकलन गरिएको तर सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणका लागि गम्भीरता नदेखाएको भट्टराईको गुनासो छ ।

उहाँले भन्नुभयो, “परीक्षण नगरी स्थानीय तहको जिम्मा लगाउन बाध्य छौँ, जिल्लामा भयावह अवस्था आउँछ कि भन्ने चिन्ता छ ।” जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ भट्टराईले जिल्लामा आएका नागरिकको परीक्षण गर्न किट अभाव रहेको स्वीकार्नुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्लामा आरडिटीका लागि एक हजार र पिसिआरका निम्ति साढे चार सयको हाराहारीमा किट रहेकामा अब आकस्मिक जाँचका लागि बाहेक पर्याप्त छैन ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञेश्वर पन्थीका अनुसार गत चैतदेखि अहिलेसम्म जिल्लामा आएका करीब ६०० जनामध्ये ५५१ जनाको आरडिटी तथा ७९ जनाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको छ । अब १७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर तथा नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पालीको उद्धार गरी जिल्लामा ल्याएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

पाल्पा आएका नागरिकलाई तानसेनमा स्थापित क्वारेन्टाइनमा राख्ने, आरडिटी र पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिए आइसोलेशनमा पठाउने र नेगेटिभ देखिएकालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने व्यवस्था गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक मीरा मरासिनीले जानकारी दिनुभयो ।

स्थानीय तहमा लगेपछि पुनः १४ दिन क्वारेन्टाइनमा राख्ने तथा आरडिटी गरेर एक हप्ता होम क्वारेन्टिनमा बस्ने गरी पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण समिति पाल्पाको मङ्गलबार साँझ बसेको बैठकले प्रदेश र सङ्घीय सरकारसँग किट माग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP