Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

नेपालबाट थप २ वटा आयाेजनाकाे बिजुली किन्न भारत सहमत

काठमाण्डाै – नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतले यसअघि आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय १० मेगावाट बिजुली किनिरहेको थियो । थप दुई वटा आयोजनाको बिजुली किन्न भारत सहमत भएसँगै नेपालले अब १० वटा आयोजनाबाट उत्पादित ४ सय ५३ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को प्रतिस्पर्धी बजारमा बिक्री गर्न सक्नेछ ।

गएको जेठ १९ गतेदेखि पुसको ३ गतेसम्म विद्युत् प्रधिकरणले भारतमा बिजुली बिक्रि गरेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेपालले बर्खामा मात्रै बढी भएको बिजुली भारतमा बिक्री गर्दै आएको छ । तर भारतले सीमित आयोजनाको मात्रै बिजुली किन्दा बर्खामा सयौँ मेगावाट बिजुली खेर भएको थियो । हिउँद लागेसँगै भने नेपालले भारतबाटै बिजुली किन्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP