Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

टोम क्रुजको ‘टपगन’ बन्यो सर्वाधिक कमाउने फिल्म, दोस्रो नम्बरमा ‘अवतार २’

काठमाडौं : जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगनः मोबरिक यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ। विश्वभरबाट १ दशमलव ४९ बिलियन अमेरिकी डलर कमाउँदै फिल्म सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। 

टोम क्रुजको मुख्य भूमिका रहेको एक्सन ड्रामा फिल्म मे २७ देखि विश्वभर प्रदर्शनमा आएको थियो। पारामाउन्ट पिक्चर्सको निर्माण रहेको फिल्म अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा भने ११ औँ नम्बरमा परेको छ। 

त्यस्तै, गत डिसेम्बर १६ देखि प्रदर्शनमा आएको अर्को हलिउड फिल्म अवतार : द वे अफ वाटर यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ।

तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले अहिलेसम्म १ दशमलव १७ बिलियन डलरको कमाइ गरिसकेको छ। 

जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान भंग गर्ने अनुमान गरिएको थियो। सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा रहेको अवतारकै सिक्वेलको रूपमा द वे अफ वाटर आएको हो। फिल्ममा पहिलो फिल्मकै कथालाई निरन्तरता दिइएको छ। 

यो वर्ष बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने अर्को फिल्म हो जुरासिक वर्ल्ड डोमिनियन। जुन १० मा प्रदर्शन भएको कोलिन ट्रेभेरो निर्देशित फिल्मले १ बिलियन डलर कमाउँदै यो वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा तेस्रो नम्बरमा आएको छ। 

यीबाहेक ९ सय ५५ मिलियन कमाएको डक्टर स्ट्रेन्ज, ९ सय ३९ मिलियन कमाएको मिनियनः द राइज बफ ग्रु, ८ सय ८ मिलियन कमाएको ब्ल्याक प्यान्थरः वकान्डा फरेवर, ७ सय ७० मिलियन कमाएको द ब्याटम्यान क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ नम्बरमा रहेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP