
कञ्चनपुर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनहरु भरिभराउ भएका छन् । कञ्चनपुरका नौ वटै स्थानीय तहका १३७ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ६ हजार १ सय ९४ शया रहेका छन् भने शनिबार बिहानसम्म ती क्वारेन्टाइनहरुमा ५ हजार ८ सय ९२ जना राखिएका छन् ।
स्थानीय तहहरुले थप क्वारेन्टाइन स्थापनाको तयारी गरेपनि आवश्यक स्रोतसाधनको अभाव, प्रतिकुल मौसम र स्थानीय नागरिकहरुको अवरोधले क्वारेन्टाइन स्थापनामा जटिलता देखिएको छ । यद्यपी स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरु भने छिट्टै समस्या समाधान हुने बताउँदै आएका छन् ।
त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा स्थापित आइसोलेशन कक्ष समेत भरिएको छ । जम्मा दश शयाको आइसोलेशन कक्षमा कोरोनाको आशंकामा भर्ना गरिएका बिरामीहरु भरिएपछि थप आशंकामा ल्याइने बिरामीहरुलाई राख्न समस्या भएको छ ।
कञ्चनपुरका विभिन्न स्थानीय तहहरुमा रहेका क्यारेन्टाइनमा बसेका मानिसहरुको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि ६ जना र अन्य शंकाष्पद ४ जना गरी जम्मा १० जनालाई आइसोलेशनमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सरोज आचार्यले बताउनु भयो । कोरोनाको आशंका गरिएका अन्य बिरामीहरुलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ ।
यता, कञ्चनपुरकै बेलौरी र वेदकोट नगरपालिकाले पनि दुई महिना पहिले देखि नै आइसोलेशन कक्ष स्थापना गरेपनि त्यहाँ आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न सकिएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको एक करोड रुपैयाँको लगानीमा महाकाली अस्पतालमा निर्माणाधीन ५० शैयाको कोरोना अस्पताल निर्माणमा पनि ढिलाइ भइरहेको छ ।
यही जेठ ७ गतेसम्म निर्माण गरी सक्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहीले गर्दा निर्माण कार्य अहिलेसम्म अधुरै रहेको छ । भारत तथा तेस्रो मुलुकबाट हालै कञ्चनपुरमा मात्रै ११ हजार ५ सय २३ जना भित्रिएका छन् । हालसम्म कञ्चनपुरमा २ हजार ८ सय ९९ जनाको आरडिटी र ५ सय ९७ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया