Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्वास्थ्यकर्मीको पिडा : ‘घरमा दुध ल्याउन छाडे,पसलमा सामान छैन भन्छन्’

माधव बेल्बासे,कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का रहेको चनई स्वास्थ्य चौकीमा कार्यरत जित बहादुर बिसी खरेन्द्रपुरमा रहेको सुपादेउराली क्वारेन्टाइनमा खटिएका छन् । घर बाट ५ मिनेटको दुरीमा रहेको क्वारेन्टाइनमा उनको अहिले बास छ । क्वारेन्टाइनमा रहेको ३ जनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीहरुको जेठ ५ गते आरटिडी जाँच गरियो । नगरका अन्य स्वास्थ्यकर्मीको नेगेटिभ आएपनि बिसीको भने पोजेटिभ आयो । उनमा केहि पनि लक्षण नदेखिएको र साथिभाइ सँग घुलमिल रहेकोले त्रास बढ्यो । घरमा १ वर्षको छोरा रहेकोले बुबा सँग नजिकिने भएकोले उनी केहि दिन अघि बाटै क्वारेन्टाइनमै बस्न लागेका थिए । आरटिडि जाँचले उनलाई मानसिक तनाव बढेपनि आत्मबल भने कम थिएन् । आरटिडि भरपर्दा नभएकोले ७ गते पिसिआर परिक्षणको लागि स्वाब दिए ।
स्वाबको रिपोर्ट आउन ४ दिन लाग्यो । यो ४ दिनमा उनको परिवारले समाजबाट दुव्र्यवहार ब्योहोर्नु प¥यो । ‘दैनिक रुपमा दुध ल्याउनेले दुध ल्याउन छाडे, परिवार पसलमा जादाँ सामान छैन भनेर टाढै बस्न लगाइयो’ बिसीले दुखेसो पोखे ‘अहिले पिसीआर जाँच नेगेटिभ आयो तर पोजेटिभ आएको भएर समाजमा बस्न सकिदो रहेनछ’ । ‘स्वास्थ्यकर्मीले अहिले जोखिममा काम गरेका छन्,यसरी समाजले दुव््रयवहार गर्नु कदापी राम्रो होईन’ उहाँले भन्नुभयो ‘म त स्वास्थ्यकर्मी हो मैले बुजेको छु आम सामान्य नागरिक भएमा यहाँका नागरिकहरुले समाजबाट निकाल्दा रहेछन्, ।’
‘छिमेकिहरुले मेरो परिवारलाई देखेपनि नदेखेजस्तो गर्न थाले,मेरो परिवार बाहिर निस्कदा छिमेकी हरु सबै भित्र पस्न थाले, मेरो परिवारको आत्मबल बढाउनुको सट्टा यो ब्योहोर्नु प¥यो’ उहाँले थप्नुभयो ‘कतिपयले हाम्रो घर नआउनु पनि भने तर म कोरोना संक्रमित होईन भए पनि यो व्यवहारले मानिसक तनाब हुदो रहेछ, ।’
स्वास्थयकर्मी लेखनाथ पौडेले अहिले नेपाल आर्दश माविको क्वारेन्टाइनमा खटिएका छन् । कार्यालय बाट ४ किलोमिटरको दुरीमा रहेको उनको घर नगएको १४ दिन बित्यो । घर जान उनलाई डर छ । क्वारेन्टाइनमा रहेका नागरिकहरुको स्वास्थ्य हेरचाँह र खानाको निरिक्षण गरिरहेका पौडेललाई परिवारले पिपिई सेट लगाएर आउन अनुरोध गरेको बताउछन् । छोरा र श्रीमती पटक पटक आउन भनेपनि आफु सुरक्षाको लागि नगएको बताउछन् ।
उनको दैनिकि अहिले क्वारेन्टाइनमै बित्ने गरेको छ । ‘बिहान देखि साझ सम्म क्वारेन्टाइनमै रहन्छौ म सगै ५ जना छौ,खाना पकाउनेहरु पनि घर जानुहुन्न,म र केहि स्वास्थकर्मीहरु यहि विद्यालयमै बस्ने गरेका छा’ै पौडेलले भन्नुभयो ‘पहिले बिहान खाजा खाएर अफिस आउने दिउँसो समय मिलाएर खाना जान्थे’ । भारतबाट आएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको र क्वारेन्टाइनमा भारतबाट आएका मात्र नागरिकहरु रहेकोले संक्रमण बढि जोखिम रहेको पौडेलले बताउनुभयो । नागरिकहरुको स्वाब लिने काम गरिरहेका स्वास्थ्यकर्मी अनन्त आचार्यको पिडा झनै बढी छ । नगरका सबै ठाउँमा पुगेर स्वाब लिने काम गरेका आचार्यका परिवार चिन्तीत छन् । ‘पेशालाई सम्मान गर्दै सुरक्षीत भएर काम गरेको छु,आचार्यले भन्नुभयो ‘परिवारले काम छोडेर घर आउन भन्छन्,तर मैले आत्मबल बढाएर काम गरेको छु,स्वाब संकलन आफैमा असुरक्षीत काम हो,तर यो समयमा मैले काम गर्ने पर्छ’ । परिक्षण सुरु भएदेखि घर नगएको उहाँले बताउनुभयो । ‘पहिले दैनिक घरबाट आउनेजाने गरेको थिए, अहिले यहि क्वारेन्टाइनमा बास छ,उहाँले थप्नुभयो ‘आत्मबल बढाएर सर्तक रहेमा केहि हुदैन,।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP