Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बूढानीलकण्ठका दुई जना कोरोना जितेर फिर्ता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको थियो ।

तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ आएपछि ती युवतीलाई घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताउनुभयो । ती युवती १५ दिनमा घर फर्किएकी हुन् । यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषलाई जेठ १२ गते कोभिड–१९ पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखी उपचार गरिएकामा दुई पटकसम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि पाँच दिनमा घर फर्काइएको छ ।

युवकमा कोरोना पुष्टि भएसँगै बूढानीलकण्ठ –३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको थियो । युवक कोरोना नेगेटिभ भई घर फर्किएपछि उक्त क्षेत्र आजदेखि खुला गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP