Trending
flash विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन राजनीति प्रभु शाहलाई मन्त्री नबनाएपछि आजपाले भन्यो– प्रचण्डले धोका दिए राजनीति जनमत पार्टी मन्त्री पदको भोको होइनः सिके राउत समाज गर्मीसँगै देखिन थाले डेंगुका विरामी, फागुनयता ३ सय संक्रमित राजनीति प्रचण्डको काँधमा पाँच वटा मन्त्रालय समाज निरन्तर उकालो लाग्दै कोभिड संक्रमित : शुक्रबार १४२ जना संक्रमित राजनीति खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा राजनीति सातौंपटक पनि मन्त्रिमण्डलले पाएन पूर्णता flash कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा समाज यी स्थानमा आज चट्याङसहित वर्षा

मधेश प्रदेश : मन्त्रिपरिषद विस्तार‚ माओवादी अझै बाहिर

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री यादवले शुक्रवार विस्तार गरेको मन्त्रिपरिषदमा सबैको चासो रहेको सामाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्र्याएर सामाजिक विकास मन्त्रालयमा जसपाकी सुरिताकुमारी साहलाई मन्त्री बनाइएको छ।

सोही मन्त्रालयमा दावी गरिरहेका जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका महेशप्रसाद यादवलाई शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ। उनले पाएको यो मन्त्रालय नयाँ थपिएको हो।

एमालेका ३ जना मन्त्रीमा शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेशसभा मामिला र मो जगत खाँ आलमलाई महिला‚ बालबालिका‚ युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिएका हुन्।

जसपाका सिंहासन साह कल्वारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा दिइएको छ।

३ जना राज्यमन्त्रीसमेत थपिएको छ। जसपाका शेष अब्दुल कलाम आजादलाई सामाजिक विकास राज्यमन्त्री, एमालेका केशव रायलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री बनाइएको हो।

मन्त्रिपरिषदमा भने माओवादीले सहभागिता जनाउन सकेन। अब खाली रहेको एकमात्र मन्त्रालय उद्योग, पर्यटन‚ वन तथा वातावरण माओवादीको भागमा पर्नेछ भने उसलाई एउटा राज्यमन्त्री दिनसक्ने देखिन्छ। माओवादीमा मन्त्री बन्न तँछाडमछाड भएकाले चयनमा विवाद छ।

थपिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका छन् भने राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री यादवले शपथग्रहण गराएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP