दिपक भण्डारी
जेष्ठ २० – विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ सय ४० वर्ष पुराना सिक्का पैसा फेला परेको छ । गाउँपालिकाको वडा नं. ७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको ५२ ओटा चाँदी जस्तो देखिने र एउटा सुन्न जस्तो देखिने सिक्का पैसा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभएको छ ।
उक्त सिक्काहरु सन् १८६० तिरका भारतमा ब्रिटिस शासन रहँदाको बेलाको भएको नेपालले बताउनु भयो । करिब ३ दिनदेखि सो ठाउँमा बाटो खन्न स्थानीयले अवरोध गरेपछि वडाध्यक्ष दिनेश कुमार चौधरीको पहलमा नापी लगाई विबाद समाधान गरी सोही स्थानबाट बाटो खन्ने क्रममा सिक्का भेटिएको थियो ।
बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन)को जग्गामा पैसा फेला परेको हो । उक्त सिक्काहरु कुर्मीका बाजेले माटोमा गाडेर राखेको हुन सक्ने वडाध्यक्ष दिनेश कुमार चौधरीले बताउनुभयो ।
ती पैसाहरु परिक्षण तथा थप अनुसन्धानका लागि पुरातत्व विभागलाई हस्तान्तरण गरिने बताइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया