Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग


पर्सा : उद्योगी व्यवसायीले बारा औद्यौगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित सञ्चालन विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसायी धरासायी भएको भन्दै चिन्ता व्यक्त गरका हुन्।

वीरगञ्जको नाका व्यापार तथा राजस्व दुवैका लागि महत्त्वपूर्ण भए पनि सरकारले उद्योगीको हितलाई ध्यान नदिएको गुनासो गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता भइरहेको अघोषित लोडसेडिङका कारण करिडोरका उद्योग झन् धेरै धरासायी बन्दै गएको बताए।

बैंकको ऋण प्रवाह र ब्याजदर सम्बन्धमा उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदासमेत कुनै पहल नभएको गुनासो गर्दै उनले बैंकको ब्याजदरबारे सरकारले पहल गर्नुपर्नेमा जोड दिए। उनले बैंक ब्याजदरविरुद्ध डटेर लाग्नुपर्नेमा जोड दिए।

‘कञ्चनजङ्गादेखि कञ्चनपुरसम्मका उद्योगी हाल काठमाडौंमा बैंक व्याजको विरोधमा सडकमा ओर्लिएको अवस्था छ’, उनले भने, ‘सबै उद्योगी अहिलेको अवस्थामा मिलेर दबाब दिन आवश्यक छ।’

कार्यक्रममा सांसद अजय चौरसियाले उद्योगी व्यवसायीको साथ र समर्थनका कारण नै आफ्नो कुरा सरकारसमक्ष राख्न सक्ने पदमा पुगेकाले उद्योगी व्यवसायीको वास्तविक समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

सांसद चौरसियाले विकास निर्माणदेखी कुनै पनि राम्रो हुन सक्ने कुरामा वीरगञ्जसँग हुँदै आएको विभेदको स्थिति समाप्त पार्न सबै दलका सांसदसँग पहल गर्ने व्यक्त गरे। पूर्वसांसद ओमप्रकाश शर्माले बैंकले जनता तथा उद्योगीलाई पीडा मात्रै दिइरहेको गुनासो गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा सुबोध गुप्ताले बै‌कको ब्याजदर एकल अङ्कमा राख्नुपर्ने, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई सरकारले विधिवत् मान्यता प्रदान गर्नुपर्ने, क्रेडिट एक्ट–चेम्बर एक्ट लागू गर्नुपर्ने, उद्योगमा चाहिने विद्युत् आपूर्तिलाई नियमित गरिनुपर्ने लगायत धारणा राखे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP