Trending
राजनीति विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीले गरिन् इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता अपराध युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा, भिडियो भाइरल भएपछि मात्रै कारबाही समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान

भारतीय फिल्ममेकर बर्वेसहित चलचित्र विकास बोर्डको कार्यशाला


काठमाडौं : चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन विषयमा तीनदिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ।

बोर्डले विभिन्न पुरस्कार विजेता भारतीय फिल्ममेकर तथा पूर्व एफटिआइआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेका साथमा यही चैत्र ३ गतेदेखि ५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो।

बोर्डको ‍चालू आवको स्वीकृत कार्यक्रमअन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ। चलचित्र विकास बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सञ्चालन हुनेछ।

कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाइलमा रहेको फारम भर्नुपर्ने बोर्डले जनाएको छ।

को हुन् अनुपम बर्वे?

अनुपम बर्वे भारतको पुणेस्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन्। उनी पछिल्लो समय पुणेस्थित एफटिआइआईमा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए।

उनले पुणे विश्वविद्यालयबाट बिए (पर्फमिङ आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट फिल्म तथा टेलिभिजन निर्देशनमा एमए गरेका छन्।

उनी हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन्।

उनले मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वीमोलाची’ नामक श्रृंखलाका ६ भागको निर्माण तथा निर्देशन गरेका छन्। उनले कामुकता र आत्म-प्रभावकारिता वरपरका कथाहरूमा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा ८ भागको वेब सिरिज निर्माण र निर्देशन पनि गरेका छन्।

उनले निर्देशन गरेका फिल्मले लण्डन एशियन फिल्म फेस्टिवल, न्यूयोर्क इन्डियन फिल्म फेस्टिवल र लुम्स फिल्म फेस्टिवल, लाहोरजस्ता विश्वभरका फिल्म फेस्टिवल र प्रतियोगिताहरूमा प्रशंसा पाएका छन्।

उनको फिल्म ‘फ्रेस सुसाइड’ ले गोवाको आएएफएफआईमा गोल्डेन पाम ट्री अवार्डमा मनोनयनमा परेको थियो र अन्य केही फेस्टिवलहरुमा विभिन्न पुरस्कार जितेको छ। फिल्म ‘सो ह्वाट’ बाट उनले स्मिता पाटिल फिल्म फेस्टिवल पुणेमा उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन्।

साथै, अमिताभ घोषको उपन्यासको रूपान्तरण गरि उनले बनाएको फिचर फिल्म ‘द स्याडो लाइन्स’ ले सन् २०१२ मा भेनिस फिल्म फेस्टिवल र इन्टरनेशनल फिल्म फेस्टिवल अफ इन्डियामा आयोजित एनएफडिसीको पटकथा लेखकहरूको प्रयोगशालामा छनोटमा परेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP