Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

वडाध्यक्षले लगाए नगरमा ताला

गुल्मी
रेसुङ्गा नरपालिकामा वडाध्यक्षले तालाबन्दी गरिएका छन । नगरपालिकाका सात जना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरप्रमुख डिल्लीराज भुसाल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा वडाध्यक्ष र कार्यालिका सदस्यले तालाबन्दी गरेका हुन् ।

महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्षको विषयमा नगरपालिकामा तालाबन्दी गरिएको हो । त्यसका साथै नगरपालिकाका निर्णय गुपचाप राखिएको, एकलौटी ढङ्गबाट नगरपालिकाका काम आगाडि बढाइएको लगायतका विषयमा नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर १ का अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो ।

महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको थियो । ९ गते बसेको बैठकले प्रध्यानाध्यापकमा शिक्षक युवराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर, सोही निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले फेरि निर्णय खारेज गरेको थियो । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशरबहादुर थापालाई पुर्नबाहली गरिएको थियो ।

ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफू निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।

नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ वर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर नियमविपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको थियो । तर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयमाथि नगरपालिकाले हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै बुधबार नगरपालिकामा नै तालाबन्दी गरिएको हो ।

‘व्यवस्थापन समितिले निर्णय गरेका ज्ञवाली नै केन्द्राध्यक्ष गराउन आवश्यक पर्ने सिफारिस लेखिदिन भन्नुभएको थियो’ रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले भने, ‘त्यो मेरो अधिकारको विषय थिएन, उहाँहरुले ताला लगाउनुभयो ।’ उनले बिहीबार बिहानसम्म पनि ताला नखोले आफूहरुले नै ताला खोल्ने प्रतिक्रिया दिए । यस विषयमा वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापाले नगरपालिकाले विधि र प्रक्रियाभन्दा बाहिर रहेर महेन्द्र नमुना माविमा प्रअ नियुक्ति गरेकोले ताला लगाएको प्रतिक्रिया दिए । त्यसका साथै उनले मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई पटक–पटक भन्दापनि नसुनेपछि बाध्य भएर ताला लगाएको प्रतिक्रिया दिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जनप्रतिनिधिले अनैतिक काम गरेको आरोप लगाए । ‘जनताको सेवाका लागि खटिएका जनप्रतिनिधिले जनताले सेवा पाउने ठाउँमा नै ताला लगाउनु अशोभनिय विषय हो ।’ उनले भने, ‘ताला लगाउने जनप्रतिनिधिहरु सच्चिन जरुरी छ
।’
वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, वडा नम्बर २ का अध्यक्ष उदयबहादुर थापा, ५ का अध्यक्ष हरीप्रसाद शर्मा खनाल, ८ का अध्यक्ष भरत भलामी, १२ का अध्यक्ष कुलबहादुर टण्डन, १३ का अध्यक्ष खुम खत्री, १४ का अध्यक्ष शेरबहादुर पहराई, कार्यपालिका सदस्यहरु उमकला पाण्डे, खिमा बस्नेत, देवी कुँवर, शान्ता वि।क। लगायतका समूहले नगरपालिमा ताला लगाएका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP