Trending
समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव समाज भक्तपुरको कार्पेट कारखानामा आगलागी करिब दुई करोडको क्षति, दुई घाइते समाज ललितपुर आगलागी हुँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर समाज खुम्बुमा बाटो भत्किँदा सगरमाथा आरोहण अवरुद्ध समाज ‘घरजग्गा व्यवसाय व्यवस्थित नहुनुमा राजनीतिक अस्थिरता पनि कारण हो राजनीति सुदूरका मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासक मत नदिन एमाले अध्यक्ष ओलीको निर्देशन स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग

लुम्बिनीमा संकलित विभिन्न देशका मुद्रा साटियो


६ असार, लुम्बिनी विकास कोषले दानवापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो। कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सीआईइएमबी बैंक सिंगापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

उनले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको बताए।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिंगापुरस्थित सिआइबी बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार ७३१ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले जानकारी दिए।

केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको तर पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको उनले बताए। सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाउने पाण्डेले जानकारी दिए।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP