Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

फेसबुक, गुगललगायत कम्पनीले नेपालमा पहिलो पटक कर तिरे, ९ करोड रुपैयाँ सङ्कलन

काठमाण्डाै – नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब, टिकटकलगायतका नौ वटा कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएर पहिलो पटक कर तिरेका हुन् ।

यही असारको २५ गतेसम्म नौ वटा कम्पनीमध्ये केहीले नौ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । चालु आर्थिक वर्षदेखि सरकारले आर्थिक ऐनमा नै व्यवस्था गरेर नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार गुगल, फेसबुक, युट्युबलगायतका कम्पनीले नेपालबाट गरेको कारोबारको दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डीएसटी) तिर्नुपर्छ ।

यो व्यस्थालाई कार्यान्वयन गर्न विभागले छुट्टै निर्देशिका र सफ्टवेयर बनाएर कम्पनीहरूलाई सहजीकरण गरिदिएको महानिर्देशक मैनालीले बताउनुभयो । विभागले सहजीकरण गरेपछि कम्पनीहरूलाई नेपालमा नै आउन नपर्ने गरी अनलाइन स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराएको र कर पनि डलर खातामा विदेशबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

नेपालमा कम्पनी नै नभएका र सम्पर्क व्यक्ति नै नभएका कम्पनीलाई कर तिराउन सक्ने बनाउनु ठूलो सफलता भएको मैनाली बताउनुहुन्छ । विश्वभर डिजिटल सेवा उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनीलाई नेपालको कर प्रणालीबारे जानकारी गराएर उनीहरूको कार्यालय भएकै देशबाट कर तिर्ने व्यवस्था मिलाएर नेपालले विदेशी अरू लगानीकर्ताको पनि ध्यान तान्न सफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP