Trending
राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा समाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान समाज सामुदायिक विद्यालयलाई स्रोत केन्द्रमा बाँडेर प्रगति खोज्दै जलजला आर्थिक २ हजारले बढ्यो नेपाली बजारमा सुन राजनीति सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

आज विश्व मानसिक स्वास्थ्य दिवस


२३ असोज, काठमाडौं : विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यो वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताउँछन्।

मानसिक स्वास्थ्यबारे उहाँ भन्नुहुन्छ, “जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’।”

उनका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ। ‘युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ’, डा ओझा भन्छन्, ‘यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ। प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ।’

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनी बताउँछन्। उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ।

मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ। मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेसन कम गर्न सकिने उनको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणेन्द्र बरालले बताए। उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहँुच बढाउन चुनौती छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP