Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

प्रहरी नै सबैभन्दा ठूला जुवाडे, खालबाटै पक्राउ परे सई थापा

१३ कार्तिक, धनगढी : कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन्। हिजो आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठजना पक्राउ परेका हुन्।

थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रदेश प्रहरी सुदूरपश्चिमका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटर १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ।

स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्नेसम्म तयारी भएको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP