Trending
flash बिचाैलीया र कर्मचारिकाे सेटि्ङ्गमा कृष्णनगर भन्सार, क्यारेन्टाइन बिना ३ ट्रक फल भित्रियाे , राजनीति वनमन्त्री शाहीसँग भारतीय राजदूतले गरे शिष्टाचार भेट राजनीति कुलमानको अडान : डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्छौँ खेल सन्दीपविरुद्ध गौशाला-२६ सर्वोच्च नजाने समाज सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो अन्तर्राष्ट्रिय बेलायत र अमेरिकाले लगाए उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप समाज पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध समाज गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु flash कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

अफगानीका घरमा बुलडोजर चलाउँदै पाकिस्तान

१६ कार्तिक, इस्लामाबाद : पाकिस्तान सरकारले आफ्नो देशमा रहेका अफगानिस्तानीका घरमा बुलडोजर लगाइरहेको छ। अफगानिस्तानीलाई पाकिस्तानबाट लखेट्न उनीहरूका घरहरू भत्काइँदै छन्।

पाकिस्तानको यो क्रूर व्यवहारबाट तालिबान सरकार आक्रोशित भएको छ। सोभियत संघको लालसेना अफगानिस्तान छिरेदेखि धेरै अफगानीहरू देश छोड्न बाध्य भएका थिए। यसैगरी लाखौँ अफगानिस्तानी दशकौंदेखि त्यहाँ बस्दै आएका छन्।

अफगानिस्तान सरकारले पाकिस्तानको कदमले दुई देशबीचको सम्बन्ध थप बिग्रने चेतावनी दिएको छ। शरणार्थीको मान्यता पाएका व्यक्तिलाई पाकिस्तान सरकारले उनीहरूका घरमाथि बुल्डोजर चलाएको र जबरजस्ती फिर्ता पठाएको अफगानिस्तानले बताएको छ।

वैध शरणार्थी कागजात भएका व्यक्तिलाई पनि पाकिस्तान सरकारले निकालेको भन्दै विरोध गरेको छ। पाकिस्तानमा रहेका अफगानीहरूको सम्पत्ति पनि पाकिस्तान सरकारले फिर्ता दिएको छैन। अफगान सरकारले पाकिस्तानलाई धम्की दिँदै अफगानीहरूलाई फिर्ता लिने निर्णय फिर्ता लिन भनेको छ।

अनतरराष्ट्रिय मान्यता पाएका त्यस्ता शरणार्थीलाई अफगानिस्तानमा बस्ने कि पाकिस्तानमा बस्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको अधिकारमा छोड्नुपर्ने अफगानिस्तानको कथन छ। पाकिस्तानले भने आफ्नो नीति परिवर्तन नगर्ने बताएको छ।

विश्लेषकहरूका अनुसार टीटीपीको रक्तपातपूर्ण हमलापछि पाकिस्तानले तालिबानप्रति आफ्नो नीति परिवर्तन गरेको छ। तालिबानले टीटीपी आतंककारीहरूलाई आश्रय दिएको पाकिस्तानले महसुस गरेको छ। पाकिस्तानले अब तालिवानलाई अब कुनै सहयोग नगर्ने बताएको छ। तालिबान सरकारले यी लाखौं मानिसलाई रोजगारी र घर उपलब्ध गराउन नसक्ने भएकाले अप्ठेरोमा पार्न पाकिस्तानले यो कदम चालेको हो।

अफगानिस्तानको तालिबान सरकारलाई घुँडा टेकाउने र टीटीपी आतंककारीविरुद्ध कारबाही गराउन पाकिस्तानले यस्तो कदम चालेको हो।

टीटीपीको आतंकवादी हमलापछि पाकिस्तान सरकारले अफगानिस्तानको सरकारसँग बदला लिन यी शरणार्थीहरूलाई नोभेम्बर १ सम्म देश छोड्न आदेश दिएको थियो। अहिले यीमध्ये १ लाख ४३ हजार १३५ अफगानीलाई पाकिस्तान सरकारले जबरजस्ती अफगानिस्तान पठाएको छ। यसैबीच पाकिस्तानले बाँकी अफगानिस्तानीका विरुद्ध विभिन्न अभियान चलाएको छ।

यो कदमलाई लिएर संयुक्त राष्ट्रसंघदेखि पश्चिमा देशले पाकिस्तान सरकारको आलोचना गरेका छन्। पाकिस्तानको यो कदमबाट तालिबान सरकारलाई अप्ठेरो परेको छ। अफगानिस्तानसँग लाखौं अफगान शरणार्थीहरूलाई खुवाउन पर्याप्त पैसा छैन। यी अफगानहरू पाकिस्तानमा राम्रोसँग बसिरहेका थिए तर जाडो शुरु भएसँगै पाकिस्तानले उनीहरूलाई घरबारविहीन बनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP