Trending
अपराध क्षणिक रिस रोक्न नसक्दा मारिँदैछन् निर्दोष आर्थिक पोखराको होटल सरोवर र किङस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट स्वास्थ्य स्वास्थ्यमन्त्री यादवको वीरमा ३ घण्टा छड्के राजनीति संसद् सचिवालयलाई बजेटको कमी हुँदैन : अर्थमन्त्री राजनीति कर्णाली प्रदेश : मन्त्री शाहलाई भूमि व्यवस्था तथा कृषिको कार्यभार समाज सगरमाथाबाट ओर्लंदा एकजना नेपाली र एकजना बेलायती बेपत्ता समाज गर्मी बढेपछि चितवनका ६० जना कैदीलाई सारियो समाज कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको विरोध राजनीति अनलाइनबाट सुझाव लिएर नीति, कार्यक्रम र बजेट बनाउँदै पैयूँ राजनीति गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र सार्वजनिक

छठ पर्व : मिथिलावासीको मन जोड्ने सेतु

२ मंसिर, धनुषा : केरवा ज फरल घउरस वोपर सुगा मडराय।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ।

अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन्। चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ। छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए। पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहाए खाय भनिन्छ। यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। जनकपुरधाम किशोरी नगरकी एक बर्तालु ज्योति झा भन्छिन्, ‘खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।’

प्रसादका रूपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ। खरना विधिको सन्दर्भमा महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्छिन्, ‘आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्छ।’

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरीन्छ। क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ६५ वर्षीया सङ्गीतादेवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्ने बताउँछिन्। ‘पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ।’ यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ’, उनले भनिन्।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पारायण) भनिन्छ। यो दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ। पण्डित लालबाबु झाका अनुसार अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यो पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ।

जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडी भन्छन्, ‘सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो छठ।’ छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिङ्गारिएको छ।

श्रद्धालुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहार कुण्ड, रुकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्। दीपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन्। उखु, केराउ, अदुवा, केरा, मुलालगायतका कृषिउपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खीर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन्। डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन्। यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुने समाजशास्त्री नागेन्द्र दुबे बताउँछन्। समाजशास्त्री दुबेका अनुसार छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक फरक समुदायका अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेका हुन्छन्।

‘मूलरूपमा मधेसी समुदायको मुख्य पर्वका रूपमा मानिँदै आएको यस पर्वमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरूपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ’, मैथिली संस्कृतिका जानकार तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले भने।

अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको संघीय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन्। उनले भने, ‘जब दशैँ मान्ने सबैतिरबाट काठमाडौँ फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन्।’ सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उनको कथन छ।

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रूपमा रहेको छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ। यस पर्वको अर्को विशेषताको रूपमा सबै जातजाति, ठूला साना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो। यस कारण वर्षौंसम्म भेटघाट नभएका बोलचाल नभएकासँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ। तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रूपमा मान्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP