Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आहा–रारा पोखरा गोल्डकप माघको दोस्रो साता शुरु हुने


पर्वत : मोफसलको चर्चित आहा–रारा पोखरा गोल्ड कपको २३ औँ संस्करण माघको दोस्रो साताबाट आयोजना हुने भएको छ।

गोल्ड कपको आयोजना गर्दै आइरहेको सहारा क्लबका पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ २०८० सालको संस्करणको आयोजनागर्न लागिएको हो।

हिमश्री फूड्स प्रा.लि.को मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा सञ्चालन हुने गोल्ड कपमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा हङकङ, सहारा अस्ट्रेलियाले विशेष सहयोग गर्दै आएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित २३ औँ संस्करणमा पनि नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिम सहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन्।

आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले भाग लिन पाउने भए पनि छनोटका लागि छुट्टै टिम गठन गरिने छ। प्रतियोगिताको तयारीमा लागिसकेको क्लबका अध्यक्ष केशवराज बरालले बताए। सहभागी हुने टिमको छनोटका लागि ‘टिम सम्पर्क कमिटी’ गठन गरेर प्रतियोगितामा भाग लिन पाउने टिमको यकिन गर्ने उनको भनाइ छ। प्रतियोगिताका लागि मूल आयोजक कमिटी गठन गर्न बाँकी नै छ।

आहा–रारा पोखरा गोल्ड कपको २२ औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो। आमन्त्रित भुटनिज स्पोर्टस् क्लब, मिन्नेसोटा अमेरिकाले उपबिजेतामा चित्त बुझाएको थियो। पोखरा रङ्गशालामा भएको प्रतियोगितामा १० टिमले भाग लिएका थिए।

गत वर्ष पुस १४ देखि २३ गतेसम्म पोखरामा भएको आहा–रारा गोल्ड कपबाट तीन लाख १८ हजार रुपैयाँ बचत भएको थियो। २२ औँ संस्करणमा ९४ लाख ६५ हजार हजार ६२६ रुपैयाँ आम्दानी हुँदा ९१ लाख ४६ हजार ९६९ रुपैयाँ खर्च भएको थियो। मुख्य प्रायोजक रहेको हिम श्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको थियो भने प्रवर्धक पोखरा महानगरपालिकाले १० लाख दिएको थियो।

प्रायः माघ र फागुनमा प्रतियोगिता गर्ने क्लबको समय तालिका भएता पनि गत संस्करणको बेलामा भने विश्वकप फुटबल प्रतियोगिता र राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समय तालिकासँग समन्वय गर्दै प्रतियोगितालाई पुसमा नै सञ्चालन गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP