
माधव बेल्बासे
चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले खेलाडीहरु राष्ट्रका गौरव रहेकोले संरक्षण गर्ने दायित्व सबैको हुने बताउनुभयो । आईतवार वडाका खेलाडीहरु खेलकुद सामाग्री प्रदान गर्दै स्थानिय तह तथा वडाले खेलाडीहरुलाई हौसला प्रदान गर्न कार्यक्रमहरु बनाउनुपर्ने बताउनुभयो ।
वडाका खेलाडीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा भएका खेलकुदमा बिजेता बनि नगरको नामलाई परिचित गराएकोमा धन्यावाद दिनुभयो । वडाले १ थान भलिबल,१ थन फुटवल , १० थान गल्वस, २ थान चेष्टगाड, ३ थान सिनप्याड, १ थान किक प्याड,र १० थान गमसिल बुद्ध शक्ति कराते डोजोलाई हस्तान्तरण गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
खेलाडीहरुलाई लक्षित गरी वार्षीक कार्ययोजनामै समेटेर सामाग्री प्रदान गरेकोमा डोजोका अध्यक्ष रामु सुनारले वडा अध्यक्ष सापकोटालाई धन्यवाद दिनुभयो । डोजोका प्रशिक्षक नवराज पौडेल सहित खेलाडीहरु वडामा पुगेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया